परराष्ट्रमन्त्री डा.राणा स्वदेश फर्किना साथ कार्यदलकाे बैठक, के के भयो ?
काठमाडौं । विभिन्न विषयमा छलफल गर्न नेपाली कांग्रेस र नेकपा (एमाले)काे कार्यदल बैठक बसेकाे छ । परराष्ट्रमन्त्री डा.आरजु राणा स्वदेश फर्किना साथ बैठक बसेकाे छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकमा सरकारलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउने विषयमा पनि छलफल भएकाे बुझिएको छ । बैठकमा संविधान संशोधन गरेर जानुपर्ने विषयमा छलफल भएको नेताहरूले बताएका छन् । संविधान संशोधनको लागि कार्यदलमा राख्ने नाममाथि समेत छलफल भएको बुझिएको छ ।
सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन गठन गरिएको कार्यदलमा रहेका केही नेतालाई लिएर संविधान संशोधनको खाका बनाउन छुट्टै कार्यदल बनाउने तयारी समेत छ।
संयन्त्र कार्यदलमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा छन् । एमालेबाट वरिस्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका उपमहासचिव विष्णु रिमाल छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया