दण्डहीनहरूलाई ओलीद्वारा दण्ड, एमालेबाट रावल-पाण्डे र तिमल्सेनालाई कारबाही
काठमाडौं । एमालेले पूर्वउपाध्यक्ष समेत रहेका नेता भीमबहादुर रावललाई पार्टीबाट हटाएकाे छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेकाे स्थायी समिति बैठकले रावललाई पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेकाे हाे । रावल एमालेका समर्थक मात्रै भएका छन् । स्थायी समितिले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि गरेको छ । आगामी पुसको २१ र २२ गते बस्नेगरी बैठक बोलाएकाे एमालेले जनाएको छ । बैठकमा केन्द्रीय समितिका एजेन्डाहरूबारे पनि संक्षिप्त छलफल भएको छ ।
उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वउपाध्यक्ष रावलले निरन्तर पार्टीलाई कमजोर बनाउने अभिव्यक्ति दिइरहेकाले संगठित सदस्यबाट हटाउने निर्णय गरिएको बताए ।
प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओलीकाे पावरफुल निर्णयले नेताहरूका बीच खैलाबैला भएको छ । अराजक अभिव्यक्ति र गतिविधि गर्नेलाई ओलीले गतिलाे दण्ड दिएका छन् ।
नेता भीमबहादुर रावल महाधिवेशनमा अध्यक्षमा उम्मेदवार भएका थिए । उनलाई उपाध्यक्षका निम्ति आग्रह गरिएको थियाे । नमानेर अध्यक्ष पदमा भिडेका थिए । त्यसपछि उनी केन्द्रीय सदस्यमा पनि नआएपछि एमालेकाे वैधानिक व्यवस्था अनुसार सल्लाहकारमा रहेकनुा थए । रावलले सल्लाहकारको जिम्मेवारी पनि पूरा नगरेको आराेप छ ।
रावलले निरन्तर अरावक अभिव्यक्ति दिदै आएका थिए ।अभिव्यक्तिहरू चाहिँ पार्टी बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने हिसाबले आएको हुनाले संगठित सदस्यबाट मुक्त गर्ने निर्णय भएको उपमहासचिव ज्ञवालीले बताए ।
कात्तिक ४ गते एमालेले रावलसहित स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई स्पष्टीकरण सोधेको थियो ।
पाण्डे र तिमल्सेनाले स्पष्टीकरण बुझाएपनि रावलले कुनै जवाफ दिएका थिएनन् । सचिवालय बैठकले स्पष्टीकरण पत्र लेख्ने पाण्डे र तिमल्सेनालाई पनि ६ महिना जिम्मेवारीबाट हटाउने निर्णय एमालेले गरेको छ ।
‘स्पष्टीकरण उहाँहरुले दिनु त भयो, तर उहाँहरुले रियलाइज गरेको यसरी पार्टीको विधि भन्दा बाहिर गएर सार्वजनिक रुपमा बोल्नु उचित भएन भन्ने कुराको रियलाइजेसन देखिएन’, ज्ञवालीले भने, ‘त्यसो भएको हुनाले उहाँहरुलाई पार्टीको निर्देशनमा चल्न थप निर्देशन गर्दै उहाँहरुको जिम्मेवारीबाट ६ महिना मुक्त गर्ने निर्णय गरिएको छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया