कांग्रेसको १०० दिने अभियानको समय थप हुने

काठमाडौं । नेपाली कांग्रेसले बाढी पहिरो, चाडपर्व, उपनिर्वाचन लगायत कारणले कार्यसम्पादन हुन नसेकका जिल्लामा समयावधि थप्न लागेकाे छ ।

असोज ७ गतेदेखि सुरु भएको अभिया पुस १६ गते सकिने गरी समयावधि बनाइएको थियो । कार्यसम्पादन नसकिएका जिल्लामा एक महिना अवधि थपिने महामन्त्री विश्वप्रकाश शर्माले जनाए ।

शर्माका अनुसार कतिपय जिल्लाले भने यही अवधिमा अभियानको काम सकेका छन् । पार्टीको आन्तरिक कार्य गर्ने गरी ७७ जिल्लामा केन्द्रीय प्रतिनिधिहरू तोकिएको कांग्रेसले जनाएको छ ।

पार्टीभित्रको विवाद, तहगत सम्मेलन, क्रियाशील सदस्यता वितरण, नवीकरण, नियमित बैठक लगायत काम गर्ने गरी केन्द्रीय प्रतिनिधि खटाइएको छ । कांग्रेसको संगठन बलियो बनाउन १०० दिने अभियान चाइएकाे छ ।

Published : Thursday, 2024 December 26, 4:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया