कांग्रेस र एमालेले माओवादीसहितका दलहरूसंग परामर्श गर्ने निर्णय
काठमाडौं । संसदमा विचाराधीन विधेयकहरूका विषयमा नेपाली कांग्रेस र एमालेको संयुक्त कार्यदलले विपक्षी दलहरूसँग परामर्श गर्ने निर्णय गरेका छन् ।
बिहीबार सिंहदरबारमा बसेकाे कांग्रेस र एमालेका प्रमुख सचेतकसहित कार्यदलमा सहभागी सदस्यहरूकाे बैठकले संसद्मा विचाराधीन विधेयकबारे विपक्षमा रहेका दलहरूसँग छलफल गर्ने निर्णय गरेका हुन् ।
विपक्षी दलहरूसँग छलफलका लागि मुख्य जिम्मेवारी कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौलालाई दिइएको छ ।
माओवादी केन्द्र, रास्वपा, राप्रपा, मधेस केन्द्रित दलहरूसंग कांग्रेस र एमालेले विधेयकका विषयमा छलफल गर्ने छन् ।
Published : Thursday, 2024 December 26, 4:59 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया