चीन र भारतबीच भएको सहमतिप्रति नेपालकाे कुटनीतिक प्रतिक्रिया

काठमाडौं । नेपाल सरकारले चीन र भारतबीच लिपुलेककाे विषयमा भएको सहमतिप्रति संयमित भएर कुटनीतिक प्रतिक्रिया दिएकाे छ ।

बिहीबार सिंहदरबारमा आयाेजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लिपुलेकको सन्दर्भमा भारत-चीचबीच भएको सहमतिले नेपाललाई केही फरक नपार्ने बताएका हुन् ।

मन्त्री गुरुङले लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिलाई प्राविधिक कुरा भनेर प्रतिक्रिया दिएका छन् । ‘भारत र चीनबीचको सहमतिले हाम्रो नक्सा प्रभाव पार्ने ढंगले गरेको होइन । त्यो उहाँहरूकै टेक्निकल कुरा हो’ मन्त्री गुरुङले भने ।

‘त्यसबारे क्याबिनेटमा पनि लामो छलफल भयो। तर, निष्कर्ष चाहिँ हामीले चिन्ता लिनुपर्ने ढंगले सम्झौता भएको होइन’, मन्त्री गुरुङले भनेका छन् ।

डिसेम्बर १८ मा चीनको राजधानी बेइजिङमा भारत र चीनका विशेष प्रतिनिधिहरूको २३औं बैठकमा सन् २०२० देखि स्थगित तिब्बतस्थित कैलाश–मानसरोवर तीर्थयात्रा खुलाउने सहमति भएकाे छ । लिपुलेकलाई नेपालले आफ्नाे भनेर दाबी गर्दै आएकाे छ । भारतले नेपालकाे दाबीलाई अस्वीकार गर्दै आएकाे छ ।

Published : Thursday, 2024 December 26, 7:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया