सहकारीको करोडौं रकम ठगका अभियुक्त रविकाे बयान सकियो, थाहा छैन भन्ने जवाफ

पोखरा । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा बयान सकिएको छ ।

न्यायाधीश नीतिज राईको इजलाशमा बिहीबार र शुक्रबार उनको बयान भएको हो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि अदालतमा बयान भएको थियाे । बयानका क्रममा उनले सहकारीको रकम उनी पूर्व सञ्चालक एवं प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा गएकोबारे आफूलाई थाहा नभएको बताएका छन् ।

आइतबार उनीसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेकाको अदालतमा सोमबारदेखि बयान चलिरहेको छ । यसअघि पूर्वडीआईजी छविलाल जोशी र लीला पछाईको बयान सकिएको छ ।

सूर्यदर्शन ठगी प्रकरणमा जीबी राई, छविलाल जोशी । रवि लामिछानेसहित ६३ जना विरूद्ध १ अर्ब ५१ करोड रूपियाँ बिगो माग गर्दै कास्की अदालतमा मुद्दा चलिरहेको छ । आइतबार रामबहादुर खनाललगायतको बयान सुरु हुनेछ ।

Published : Friday, 2024 December 27, 8:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया