तमु ल्होसार पर्वले नेपालीबीच एकताको भावनालाई अभिवृद्धि गर्नेछ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तमु ल्होसार पर्वको अवसर शुभकामना दिएका छन् ।
सोमबार सभापति देउवाले शुभकामना सन्देश जारी गरेर तमु (गुरुङ) जातिकोे महान पर्व तमु ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका हुन् ।
उनले भने, ‘नेपाली कांग्रेस र मेरो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’
‘तमु जातिको नयाँ वर्षको रूपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै यो पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई मजवुत बनाएको छ’, पूर्वप्रधानमन्त्री देउवाले भने ।
‘यो पर्वले नेपालीबीच आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई उर्जा प्रदान गर्न सकोस् भन्दै पुनः शुभकामना व्यक्त गर्दछु’, उनले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया