कांग्रेस नेता डा.कोइरालाले बेलायतको संसदमा सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बेलायतको संसदमा सम्बोधन गर्ने भएका छन् ।

बेलायत भ्रमणमा जान लागेका डा.कोइरालाले सन् २०२५ जनवरी १३ मा बेलायतको संसदलाई विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको निजी सचिवालयले जनाएको छ ।

बेलायतका विदेशमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा नेता डा.कोइरालाले बेलायत भ्रमण गर्न लागेका हुन् ।

२०९ वर्षदेखि नेपाली नेताले बेलायतको संसदमा गएर सम्बोधन गर्ने अवसर पाएका छैनन् । बेलायत–नेपाल सम्बन्धको इतिहाँसमा नेपालबाट बेलायत संसद भवनभित्र बेलायती विदेशमन्त्री र उद्योग, वाणिज्य, व्यापारमन्त्रीको उपस्थितिमा सम्बोधन गर्न पाउने डा.कोइराला पहिलो नेपाली नेता बन्नेछन् ।

Published : Tuesday, 2024 December 31, 10:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया