सहकारी ठगका अभियुक्त रविका भाडाका टट्टुहरूले भरतपुरमा दङ्गाफसाद गरे

भरतपुर । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रिहाइको माग गरेर केही अराजकहरू समूहले सुरक्षाकर्मीमाथि हमला गरेको छ ।

बुधबार रास्वपाका भाडाका टट्टुहरूले चितवनको भरतपुरमा प्रदर्शन गर्दै प्रहरीमाथि आक्रमण गरेका हुन् । रास्वपाका भाडाका टट्टुहरूको आक्रमणबाट केही प्रहरी घाइते भएका छन् । शान्ति सुरक्षा बनाउने क्रममा भिडलाई नियन्त्रण गर्ने क्रममा केही प्रदर्शनकारी पनि घाइते भएका छन् ।

रास्वपाका भाडाका टट्टुहरूले चौबिसकोठीमा प्रदर्शन गरेका थिए । झडपको क्रममा आठ जना प्रहरी र रास्वपाका ४० जना प्रदर्शनकारीहरू घाइते भएका छन् ।

रास्वपाका भाडाका टट्टुहरूले भरतपुरमा शान्ति सुरक्षा खलबलाउने हर्कत गरेपछि सुरक्षा निकाय सतर्क बनेको छ । शान्ति सुरक्षालाई चुनौती दिएर सुरक्षाकर्मीमाथि नै हमला गर्ने मानिसहरूमाथि निगरानी समेत शुरु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले प्रदर्शनको क्रममा प्रदर्शनकारी जिल्ला प्रहरी कार्यालय चितवनसम्म पुगेपछि पानीको फोहोरा र अश्रुग्यास सेल प्रहार गर्नुपरेको बताए ।

रास्वपाका भाडाका टट्टुहरू जिल्ला प्रहरी कार्यालय गेटमै जबरजस्ती छिर्न खोजेका थिए । उनीहरूलाई रोक्न खोजेपछि प्रहरीमाथि ढुंगामुढा भएको थियो । प्रहरी नै घाइते भएपछि अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नु परेको थियो ।

रास्वपाका सभापति लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित बनाउन भरतपुरमा केही भाडाका मानिसहरू प्रयोग गरेर दङ्गाफसाद गराउने प्रयास भएको छ । पोखरा, रुपन्देही, काठमाडौंमा लामिछानेका केही समर्थकले हुलदङ्गा गरेर अनुसन्धानलाई प्रभावित बनाउन खोजेका थिए ।

अहिले आएर भरतपुरमा हुलदङ्गाको प्रयास भएको छ । न्यायालय र प्रहरी प्रशासनलाई दवाव दिएर लामिछानेले अनुसन्धानलाई प्रभावित बनाउन खोजेका छन् । लामिछाने जस्ता सहकारी ठगका अभियुक्तमाथि सम्पत्ति शुद्धीकरण, संगठित अपराधमा अनुसन्धान भइरहेको छ ।

Published : Wednesday, 2024 December 4, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया