यी हुन् दङ्गाफसाद गर्दा धुलाइ भेटेका सहकारी ठगका अभियुक्त रविका टट्टुहरू
भरतपुर । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको अनुसन्धानलाई प्रभावित तुल्याउन दङ्गाफसाद गर्न खोज्दा केही प्रदर्शनकारी घाइते भएका छन् ।
बुधबार लामिछानेलाई रिहाइको माग गर्दै सुरक्षाकर्मीमाथि आक्रमण गरेर अराजकता र दङ्गाफसाद मच्चाउन खोज्नहरूलाई प्रहरील बल प्रयोग गरेर नियन्त्रणमा लिएको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भएका छन् । शान्ति सुरक्षाका लागि खटिएका प्रहरीमाथि रास्वपाका अराजक र भाडाका टट्टुहरूले आक्रमण गरेपछि लामिछानेको कर्तुत् झन् उदाङ्गो बनेको छ ।
लामिछाने र उनको गिरोहले दङ्गाफसाद गर्न र सुरक्षा निकायलाई उत्तेजित बनाउन ठूलो प्रयास गरिरहेको छ । तर, सुरक्षाकर्मी निकै संयम भएको छ । सहकारी ठगका अभियुक्तको रणनीति बुझेर प्रहरीले आफ्नो तरिकाले रणनीति बनाएको छ । दङ्गाफसाद गरेर शान्ति सुरक्षा भाँड्न खोज्नेहरूलाई कुनै पनि बेला प्रहरीले पक्राउ गर्ने सम्भावना बढेर गएको छ ।
गितेन्द्रबाबु राईसहितको गिरोहसँग मिलेर सहकारीको करोडौं रकम ठगी, अपचलन र दुरुपयोग गरेको अभियोग लागेका लामिछानेले आफू फस्ने भएपछि भाडामा मानिसहरू उतारेर दङ्गाफसादको प्रयास गरिरहेका छन् । लामिछानेको रणनीति प्रहरी प्रशासनले राम्रोसँग बुझेको छ ।
बास्तविक कुरा बुझेका रास्वपाका नेता कार्यकर्ता सहकारी ठगका अभियुक्त लामिछानेलाई बचाउन सडकमा नआएपछि लामिछानेले सहयोगी दीपक बोहरलाई प्रयोग गरेर भाडामा मानिसहरू ल्याइ राष्ट्रिय झण्डा बोकाएर प्रदर्शन गराइरहेका छन् । दङ्गा फसाद गराउन प्रमुख भूमिका खेलिरहेका बोहराका गतिविधिमाथि पनि प्रहरीले निगरानी गरिरहेको छ । बुधबार भरतपुरमा भएको दङ्गाफसाद गराउने प्रमुख भूमिका बोहराको रहेको प्रहरीले आशंका गरेको छ ।
लामिछानेको हर्कत र गतिविधि बुझेपछि नेताहरू स्वर्णिम वाग्ले, तोसिमा कार्की लगायतको समूह तर्किन थालिकसकेको छ । उनीहरू देखिएर सहकारी ठगका अभियुक्त लामिछानेलाई बचाउने आन्दोलनमा सरिक भइरहेका छैनन् । लामिछानेले रास्वपाको कार्यबाहक सभापति डोलप्रसाद अर्याल (डीपी)लाई दिने तयारी गरेपछि स्वर्णिम वाग्ले तनाबमा परेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया