अख्तियारद्वारा निर्देशक डा.क्षेत्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्द दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालयका कार्यक्रम निर्देशक डा. बलराम थापा क्षेत्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले बिहीबार विशेष अदालतमा निर्देशक थापाविरुद्ध ४४ लाख ४२ हजार ८६१ रुपियाँ बिगोसहित भ्रष्टाचारको मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारले निर्देशनालयका लेखा अधिकृत रामप्रसाद बजगाईं, पशु विकास अधिकृतद्वय डा. पूजा शर्मा, विश्वेश्वरप्रसाद खनालविरुद्ध पनि सोही रकम बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।
हिलसाइड पोलिटेक्निक इन्स्टिच्युट प्रालि र उक्त प्रालिका अध्यक्ष लोकबहादुर बोहरा, व्यवस्थापक सुरतबहादुर भुल र इन्जिनियर पुष्कर भण्डारीविरुद्ध पनि मुद्दा दायर भएको आयोगका प्रवक्ता नरहरि घिमिरेद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
हाटबजार निर्माण गर्ने सम्झौतामा कामभन्दा बढी मूल्यांकन गरी भुक्तानी दिएको अभियोग पत्रमा उल्लेख छ । आर्थिक वर्ष २०७३÷०७४ मा पशु हाटबजार निर्माण तथा सुधार कार्यक्रमअन्तर्गत अछामको साँफेबगर नगरपालिका वडा नम्बर ७ मा हाटबजार निर्माण गर्दा अनियमितता भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको छ ।
000
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
टंगाल, काठमाडौं
मिति: २०८१।०८।२० गते ।
प्रेस विज्ञप्ति
विषय: आरोपपत्र दायर गरिएको ।
आ.ब. ०७३/०७४ मा पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालयले हिल साइड पोलीटेक्निक इन्स्टिच्युट प्रा.लि. साँफेबगर, अछाम नगरपालिका, वडा नं. ७ लाई प्रक्रिया नपुर्याई हचुवाको भरमा रकम दिएको भन्नेसमेत व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा आ.व. 2०७३/०७४ मा पशु हाट बजार निर्माण तथा सुधार कार्यक्रम अन्तर्गत अछाम जिल्ला, साँफेबगर नगरपालिका वडा नं. ७ स्थित हिलसाइड पोलिटेक्निक इन्स्टिच्युट प्रा.लि.सँग मिति 2074/02/07 मा भएको सम्झौतामा मिति 2074।02।१५ गतेसम्ममा कार्य सम्पन्न गरी अनुदान रकम भुक्तानी लिनेछ भनी उल्लेख भएकोमा जिल्ला अछाम, साँफेबगर नगरपालिका वडा नं ७ मा हिलसाइड पोलिटेक्निक इन्स्टिच्युट प्रा.लि.द्वारा लागत साझेदारीमा निर्मित पशुहाट बजार सञ्चालनमा नरहेको, उक्त पशुहाट बजार परिसर जग्गा धनी आफैले नियन्त्रणमा लिई व्यक्तिलाई भाडामा दिएको, उक्त संरचना निर्माणको स्थलगत नापजाँच गर्दा नापी किताबका केही आइटमहरुको काम नभएको, केही आइटमहरुको कम काम भई बढी मूल्याङ्कन भएको र केही आईटमहरुको दोहोरो मूल्याङ्कन भई बढी भुक्तानी भएको रकम रु.६३,४६,९४३।७६ मध्ये लागत साझेदारीको आधारमा कार्यालयले व्यहोर्नुपर्ने ७० प्रतिशत बापत हुने रकम रु.४४,४२,८६१।– हिलसाइड पोलिटेक्निक इन्स्टिच्युट प्रा.लि.लाई झुट्टा विल भरपाई समेतको आधारमा बढी भुक्तानी गरे/गराएको पुष्टि भएकोबाट पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालय हरिहरभवन ललितपुरका तत्कालीन कार्यक्रम निर्देशक डा. बलराम थापा क्षेत्री, लेखा अधिकृत राम प्रसाद बजगांई, पशु विकास अधिकृत पूजा शर्मा, जिल्ला पशुसेवा कार्यालय अछामका पशु विकास अधिकृत विश्वेश्वर प्रसाद खनाल, हिलसाइड पोलिटेक्निक इन्स्टिच्युट प्रा.लि.का अध्यक्ष लोक बहादुर बोहरा, कार्यालय व्यवस्थापक सुरत बहादुर भूल, इन्जिनियर पुष्कर भण्डारीसमेतको आपसी मिलोमतो तथा योजनामा प्रतिवादीहरुलाई गैरकानूनी लाभ तथा नेपाल सरकार/सार्वजनिक संस्थालाई हानि नोक्सानी गर्ने बदनियतले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ८ को उपदफा (1) को देहाय (ग) र (ङ) बमोजिम कसुर भएको हुँदा निज प्रतिवादीहरु उपर देहाय बमोजिम कसूर तथा सजायको मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
देहाय:
सि.नं | नामथर, पद र कार्यालय | बिगो रु. | कसुर तथा सजायको मागदाबी |
पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालय, हरिहरभवन, ललितपुरका कार्यकम निर्देशक डा. बलराम थापा क्षेत्री | रु.४४,४२,८६१।- | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिम कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन एवं भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 19 को उपदफा (2) बमोजिमको कसूरमा सोही ऐनको दफा 19 को उपदफा (2) बमोजिम सजाय हुन मागदावी लिइएको। | |
पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालय, हरिहरभवन, ललितपुरका लेखा अधिकृत रामप्रसाद बजगाई | रु.४४,४२,८६१।- | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिम कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन एवं भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 19 को उपदफा (2) बमोजिमको कसूरमा सोही ऐनको दफा 19 को उपदफा (2) बमोजिम सजाय हुन मागदावी लिइएको। | |
पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालय, हरिहरभवन, ललितपुरका पशु विकास अधिकृत डा.पूजा शर्मा | रु.४४,४२,८६१।- | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिम कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन एवं भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 19 को उपदफा (2) बमोजिमको कसूरमा सोही ऐनको दफा 19 को उपदफा (2) बमोजिम सजाय हुन मागदावी लिइएको। | |
जिल्ला पशु सेवा कार्यालय, अछामका पशु विकास अधिकृत विश्वेश्वर प्रसाद खनाल | रु.४४,४२,८६१।- | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिम कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन एवं भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 19 को उपदफा (2) बमोजिमको कसूरमा सोही ऐनको दफा 19 को उपदफा (2) बमोजिम सजाय हुन मागदावी लिइएको। | |
हिल साइड पोलीटेक्निक इन्स्टिच्युट प्रा.लि. तथा उक्त प्रा.लि.का अध्यक्ष लोक बहादुर बोहरा, व्यवस्थापक सुरत बहादुर भुल, ई.पुष्कर भण्डारी | रु.४४,४२,८६१।- | भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 8 को उपदफा (4) बमोजिम कसूरमा सोही ऐनको दफा ८ को उपदफा (4) बमोजिम सजाय गरी बिगो जफत हुन एवं भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 19 को उपदफा (2) बमोजिमको कसूरमा सोही ऐनको दफा 19 को उपदफा (2) बमोजिम सजाय हुन मागदावी लिइएको। |
प्रवक्ता
नरहरि घिमिरे
फेसबुकबाट तपाईको प्रतिक्रिया