भारतीय अण्डरवर्ल्डका लेरेन्स विश्नोईसँग दुर्गा प्रसाईंको कनेक्सन, पक्राउ पुर्जी जारी

काठमाडौं । भारतीय अण्डरवर्ल्ड लरेन्स विश्नोईसँग सम्बन्ध रहेको अभियोग लागेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

भारतीय गुण्डा नाइके विश्नोईको नाम लिएर नेपालका व्यवसायीहरूलाई धम्क्याएको आरोपमा प्रसाईंविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुरोधमा अदालतले प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरेको एसपी होविन्द्र बोगटीले पत्रकारहरूलाई बताएका छन् । साइबर अपराधको मुद्दा टुंगिएपछि प्रसाईंसँग सीआईबीले अनुसन्धान गर्नेछ ।

यसअघि प्रसाईंकै निर्देशनमा धम्क्याएको भन्दै झापाका हरिचन्द्र फुयाँललाई सीआईबीले पक्राउ गरिसकेको छ । फुयाँलले प्रसाईंकै निर्देशनमा धम्क्याएको अनुसन्धानबाट खुलेको थियो ।

फुयाँल र प्रसाईंबीच पनि १०० पटकभन्दा बढी फोन सम्पर्क भएको देखिएको थियो । प्रसाईंविरुद्ध आपराधिक लाभको कसूरमा अनुसन्धान अघि बढाइनेछ ।

Published : Thursday, 2024 December 5, 9:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया