भारतलाई अन्तरिक्षमा ठूलो सफलता, प्रोबा-३ उपग्रहहरू बोकेको पीएसएलभी-५९ रकेट प्रक्षेपण
नयाँ दिल्ली । भारतको अन्तरिक्ष एजेन्सी र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले युरोपेली अन्तरिक्ष एजेन्सीको प्रोबा–३ उपग्रहहरू बोकेको पीएसएलभी–५९ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
इसरो भारतको राष्ट्रिय अन्तरिक्ष निकाय हो । यसले अन्तरिक्ष विभाग (डीओएस)को प्रमुख अनुसन्धान र विकास शाखाका रूपमा काम गर्छ । एजेन्सीले स्याटेलाइट नेभिगेसन प्रणाली सञ्चालन गर्छ । हालसम्म यसले चन्द्रमामा तीन र मंगल ग्रहमा एउटा मिसन पठाएको छ ।
प्रक्षेपण दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटा क्षेत्रस्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिएको हो । पीएसएलभी रकेटमा रहेको प्रोबा–३ मिसनका दुई उपग्रह प्रक्षेपणको केही मिनेटपछि सफलतापूर्वक अलग भएका इसरोले सामाजिक सञ्जमालमा उल्लेख गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया