पोखरा एयरपोर्टको नराम्रो अनुभव छ, बीआरआई अनुदानमा स्वीकार हुन्छ : कांग्रेस प्रवक्ता डा‍.महत

काठमाडौं । नेपाली कांग्रेसले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतका परियोजना अनुदानमा कार्यान्यवन गरिने जनाएको छ ।

सोमबार बुढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता डा.प्रकाशशरण महतले चीनले अघि बढाएको बीआरआईअन्तर्गत ऋणका परियोजना अघि नबढाउने बताएका हुन् ।

उनले भने, ‘बीआरआई सन्दर्भमा पार्टीको कार्यसम्पादन समितिले पहिला नै अनुदान स्वीकार गर्ने, ऋण स्वीकार नगर्ने भनेको थियो । त्यसैबमोजिम चीनबाट आएको प्रारम्भिक प्रस्ताव थियो ।’

उनले भने, ‘त्यसमा सरकारले र पार्टीकोतर्फबाट पनि भनाइ राख्यौँ । हाम्रो भनाइअनुसार नै सरकारले चिनियाँ सरकारसमक्ष आफ्ना धारणा प्रस्तुत ग¥यो ।’

प्रवक्ता डा.महतले कार्यान्वयन समझदारी फ्रेमवर्कमा नेपालको राष्ट्रिय आवश्यकता, हित र अनुकूलताका विषयवस्तुलाई मात्रै समावेश गर्ने गरेर कुरा अघि बढेको बताए ।

पूर्वअर्थमन्त्री समेत रहेका डा.महतले भने, ‘त्यसमा ग्रान्ट फाइनाइन्सिङ नभएर एड फाइनाइन्सिङ आयो भन्ने सार्वजनिक चर्चा छ । एड फाइनाइन्सिङमा ग्रान्ट फाइनाइन्सिङ स्वाभाविक रुपमा पर्ने भाइहाल्यो ।’

उनले बीआरआई फ्रेमवर्कमा परियोजनाका १० वटा सूची रहेको बताए । ‘ती परियोजना सम्झौता गर्दा अनुदानका आधारमा मात्रै सम्झौता गर्ने । जुनमा चीनले अनुदान दिन तयार हुन्छ, ती आयोजना अगाडि बढ्छन्, त्यसैअनुसार अगाडि जानुपर्छ’, डा.महतले भने ।

‘हाम्रो भनाइ अहिले पनि अनुदान सहयोग मात्रै लिने हो । त्यो चीन सरकारको सवालमा मात्रै हुँदैन’, डा.महतले भने, ‘आगामी दिनमा दुई पक्षीय सरकार–सरकारबाट प्राप्त हुने ऋणको अनेकौँ शर्तहरू भएकाले त्यस्ता शर्त ऋण लिँदा देशलाई फाइदा नहुने, परियोजना कार्यान्वयन भएपछि प्राप्त प्रतिफल त्यो ऋण तिर्न सक्ने नहुने हुन सक्छ । पोखरा एयरपोर्टको पनि हामीसँग नराम्रो अनुभव छ ।’

कांग्रेसका प्रवक्ता डा.महतले चीनको ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको प्रतिफल नआउने सुनिश्चित भइसककेको बताए । ‘अहिले हामी ऋण लिन सक्ने अवस्थामा छैनौँ’, उनले भने, ‘हामीलाई ऋणको बोझ धेरै छ ।’

Published : Monday, 2024 December 9, 4:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया