आइएमई पेले ल्यायो ‘लोड, पे, विन’ अफर
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले लोड, पे, विन ! नामक योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत आइएमई पे प्रयोगकर्ताहरूलाई विभिन्न माध्यमद्वारा सजिलै आफ्नो आइएमई पे एपमा पैसा लोड गर्न र सहज डिजिटल भुक्तानी सुविधा अनुभव गर्न प्रोत्साहित गर्ने उद्देश्य राखिएको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
मंसिर २० गते देखि पौष २० गतेसम्म १ महिनाको लागि चल्ने यस योजनामा आइएमई पेका सेवाग्राहीहरूले विभिन्न माध्यमबाट आइएमई पे एपमा पैसा लोड गरी कुनै १ भुक्तानी गर्दा दैनिक १ जना विजेताले रू. १००० बोनस रकम प्राप्त गर्न सक्नेछन् ।
बम्परमा ३ जना भाग्यशाली विजेताले योजना अवधीभरि आइएमई पेबाट गरेको कुल कारोबार खर्चको १०० प्रतिशत नै क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
प्रयोगकर्ताहरूले आइएमई पे एपमा लिङ्क गरिएको बैंकको खाता, अन्य बैंकको एपबाट लोड टु वालेट, कनेक्ट आइपीएस, ई÷एम बैंकिङ, भिसा कार्ड र एजेन्ट्समार्फत आइएमई पे एपमा पैसा लोड गर्न सक्नेछन् ।
यस योजनामा सहभागी हुन प्रयोगकर्ताहरूले कम्तीमा रू. १००० आइएमई पेमा लोड गर्नुपर्ने हुन्छ र मोबाईल रिचार्ज, हवाई टिकट बुकिङ, केबलकार टिकट बुकिङ, बिलहरूको भुक्तानी जस्तो कुनै पनि कारोबार गरेको हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
बम्पर विजेताहरूले कुल कारोबार खर्चको १०० प्रतिशत क्यासब्याक अधिकतम रू. १०,००० सम्म प्राप्त गर्न सक्नेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया