ब्रिजवाटर एजुकेशनको तर्फबाट मन्त्री पौडेलद्वारा ३ जना व्यक्तित्वलाई अभिनन्दन
काठमाडौं । ब्रिजवाटर एजुकेशन फाउण्डेशन, काठमाडौंले राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान पु¥याएका तीन जना ख्यातिप्राप्त विशिष्ट व्यक्तित्वलाई अभिनन्दन गरेको छ ।
शुक्रबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा फाउण्डेशनले शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्ले, टेलिभिजन पत्रकार दिलभुषण पाठक र राष्ट्रिय वाणिज्य बैंकका मुख्य कार्यकारी अधिकृत देवेन्द्ररमण खनाललाई सम्मान गरेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उनीहरूलाई सम्मान गरेका हुन् । फाउण्डेशनले वार्षिक रुपमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ ।
मन्त्री पौडेलले ब्रिजवाटर एजुकेशन फाउण्डेशनले अभिनन्दनको उत्कृष्ट परम्परा कायम गरेको भन्दै प्रशंसा गरेका छन् । उनले फाउण्डेशनका लागि प्रशंसा र शुभेच्छा प्रकट पनि गरेका छन् ।
फाउण्डेशनका अध्यक्ष दीपक पाण्डेले अभिनन्दित हुने व्यक्तिहरूलाई बधाई दिएका छन् । उनले भने, ‘अभिनन्दित व्यक्तित्वहरू हाम्रा लागि मार्गदर्शक प्रेरणास्रोत हुनुहुन्छ । उहाँहरूको जीवन र कार्यले हामीलाई सही मार्गतर्फ प्रेरित गरिरहनेछ ।’
अभिनन्दित व्यक्तित्वहरूले पनि धन्यवाद फाउण्डेशनलाई धन्यवाद दिएका छन् । उनीहरूले फाउण्डेशन र विद्यार्थीको उतरोत्तर प्रगतिको कामना गरेका छन् ।
कलेजका प्रिन्सिपल कृष्ण पौडेल, भाइस प्रिन्सिपल विष्णु शर्मा लगायतले पनि सम्मानित व्यक्तिहरूलाई बधाइ दिएका छन् ।
अभिनन्दन र औपचारिक सत्र बाहेक विविध सांस्कृतिक, मनोरञ्जनात्मक तथा प्रतिभा प्रतिस्पर्धाका कार्यक्रम पनि गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया