डीआईजीपी कार्कीले सम्हाले लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी
तुलसीपुर । प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) दानबहादुर कार्कीले लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङमा जिम्मेवारी सम्हालेका छन् ।
आइतबार दाङको तुलसीपुरस्थित लुम्बिनी प्रदेश प्रहरीको कार्यालयस्थित कार्यकक्षमा कार्यभार सम्हालेको प्रेस नोटमा उल्लेख छ । डीआईजीपी कार्कीलाई कार्यालय परिसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) माधव श्रेष्ठसहितका प्रहरी कर्मचारीहरूले स्वागत गरेका छन् ।
गृह मन्त्रालयले मंसिर २७ गते डीआईजीपी कार्कीलाई लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीसहित सरुवा गरेको थियो । कार्की प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयबाट सरुवा भएर आएका हुन् ।
यसैबीच, लुम्बिनी प्रदेश प्रहरी प्रमुखबाट सरुवा भएका डीआईजीपी कुवेर कडायतलाई विदाइ गरिएको छ । कडायतको प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय, नक्सालमा सरुवा भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया