मन्त्री काफ्ले दिए सहकारी ठग र घण्टीहरूलाई जवाफ, महामन्त्री गगन थापाको बचाउ

तीनपाटन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले कांग्रेस महामन्त्री गगनकुमार थापाको अनाहकमा खिल्ली उडाइएको बताएका छन् ।

बुधबार सिन्धुलीको तीनपाटन गाउँपालिका– ८ बाहुनतिल्पुङमा नवनिर्मित प्रशासकीय भवनको उद्घाटनमा मन्त्री काफ्लेले नेताहरूले समृद्धिको सपना देख्नु अस्वाभाविक नरहेको बताए ।

काफ्लेले भने, ‘अहिलेका नेताहरूले पनि त्यस्तै दृष्टिकोण राख्नुपर्छ । गगन थापालाई अनावश्यक ट्रोल गर्ने काम भयो ।’

उपनिर्वाचनको प्रचारका क्रममा कीर्तिपुरमा आयोजित चुनावी सभामा महामन्त्री थापाले युवाहरूले प्रविधिको प्रयोग गरेर लाखौँ कमाउनसक्ने बताएका थिए । त्यसपछि थापाको निकै आलोचना भएको थियो । महामन्त्री थापाको अभिव्यक्तिको विशेष गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताले ट्रोल बनाएका थिए । रास्वपाका घण्टीहरूलाई मन्त्री काफ्लेले कडा जवाफ दिएका छन् ।

रास्वपाका सभापति रवि लामिछाने सहकारीको रकम अपचलन र ठगी काण्डमा पक्राउ परेका छन् । लामिछाने पक्राउ परेको आवेगमा रास्वपाका नेता कार्यकर्ताले महामन्त्री थापामाथि आक्रोश पोख्दै आएका छन् ।

महामन्त्री थापाका आलोचकहरूलाई जवाफ दिँदै मन्त्री काफ्लेले भने, ‘उन्नतिको सपना नदेख्ने पनि कहिँ नेता हुन्छ र ?’

मन्त्री काफ्लेले केन्द्र सरकारले प्रदेशलाई कानूनी संरचना नदिएकाले अपेक्षाकृत गति लिन नसकेको बताएका छन् ।

Published : Wednesday, 2024 December 18, 8:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया