अख्तियारद्वारा जनप्रतिनिधि र कर्मचारीहरूविरुद्ध लाखौंको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकाले ढलान बाटोमा गुणस्तरहीन काम गरेर लाखौं रुपियाँ क्षति गरेको भन्दै तत्कालीन अध्यक्ष दीर्घनारायण अर्यालसहितका व्यक्तिविरुद्ध भ्रष्टाचारको कसूरमा विशेष अदालतमा अभियोग पत्र दायर गरेको छ ।

अख्तियारले वडा नं. १ को स्थानीय बजारमा ढलान बाटो गुणस्तरहीन कार्य गरेको भन्दै २७ लाख ५ हजार ११ रुपियाँ ७ पैसा र तल्लो बजार नाला तथा ढलान निर्माण योजनामा ८ लाख ३४ हजार ३ सय २० रुपियाँ ५८ पैसा बराबरको गुणस्तरहीन काम भएको कसूरमा अभियोग पत्र दायर गरिएको विज्ञप्तिमा उल्लेख छ ।

गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घनारायण अर्याल, प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, ईन्जिनियर नवीन थापा, सबईन्जिनियर सूर्यप्रसाद पौडेल, उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद काफ्ले र कोषाध्यक्ष हिमकुमारी केसी, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम, ईन्जिनियर सुदीप आचार्य, उपभोक्ता समितिकी अध्यक्ष मंगलादेवी थापा मगर, सचिव विष्णुकुमारी विक, कोषाध्यक्ष एकनारायण देवकोटाविरुद्ध भ्रष्टाचारमा अभियोग पत्र दायर गरिएको छ । उनीहरूलाई अख्तियारले हदैसम्मको बिगो, जरिवाना र कैद सजायको माग गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

टङ्गाल, काठमाडौं

मिति: २०८१।०९।१६  गते ।

प्रेस विज्ञप्ति

विषय: आरोपपत्र दायर गरिएको ।

जिल्ला स्याङ्जा, अर्जुनचौपारी गाउँपालिका वडा नं. १ को आ.व. २०७५/०७६ र आ.व. 2076/077 मा स्थानीय बजार क्षेत्रको ढलान बाटोमा गुणस्तरहीन कार्य गरेको भन्ने समेत व्यहोरा उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आ.व. 2075/०76 मा अर्जुनचौपारी गाउँपालिकाबाट कार्यान्वयन भएको गाउँपालिका सदरमुकाम व्यवस्थापन क योजनाको Providing mixing and pouring (1:2:4) Machine Mix Concrete आइटमको सबै ठाउँको ढलान भत्किई रु.27,0५,०११।07 (सत्ताइस लाख पाँच हजार एघार र पैसा सात मात्र) बराबरको र आ.व. 207६/०7७ मा अर्जुनचौपारी गाउँपालिकाबाट कार्यान्वयन भएको तल्लो बजार नाला तथा ढलान निर्माण योजनाको PCC for RCC Works 1:2:4 आइटमको सबै ठाउँको ढलान भत्किई रु.८,३४,३२०।58 (आठ लाख चौतीस हजार तीन सय बीस रुपैयाँ र पैसा अन्ठाउन्न) बराबरको गुणस्तरहीन काम गरेको देखिन आएकोले देहायका प्रतिवादीहरूउपर देहाय बमोजिमको कसुरमा सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

देहाय:

सि.नंनामथर, पद र कार्यालयबिगो रु.कसुर तथा सजायको मागदाबी
 अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्ष दीर्घ नारायण अर्यालरु.३५,३९,३३१।६५भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) बमोजिम कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना हुन एवं बिगोसमेत असुलउपर हुन मागदाबी लिइएको।
 अर्जुनचौपारी गाउँपालिकाका गाउँ कार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङरु.27,0५,०११।07भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) बमोजिम कसुरमा  सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना हुन एवं बिगो समेत असुलउपर हुन मागदाबी लिइएको।
 अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन इन्जिनियर नबिन थापारु.३५,३९,३३१।६५भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) बमोजिम कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना हुन एवं बिगो समेत असुलउपर हुन मागदाबी लिइएको।
 अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन सब-इन्जिनियर सूर्यप्रसाद पौडेलरु.27,0५,०११।07भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) बमोजिम कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना हुन एवं बिगो समेत असुलउपर हुन मागदाबी लिइएको।
 सदरमुकाम व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्ण प्रसाद काफ्ले र कोषाध्यक्ष हिम कुमारी के.सी.रु.27,0५,०११।07भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कैद वा बिगो बमोजिम जरिवाना हुन एवं बिगो समेत जफत हुन मागदाबी लिइएको।
 अर्जुनचौपारी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद गौतमरु.८,३४,३२०।५8  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) बमोजिम कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना हुन एवं बिगो समेत असुलउपर हुन मागदाबी लिइएको।
 अर्जुनचौपारी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयका तत्कालीन इन्जिनियर सुदिप आचार्यरु.८,३४,३२०।५8भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) बमोजिम कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना हुन एवं बिगो समेत असुलउपर हुन मागदाबी लिइएको।
 तल्लो बजार नाली तथा ढलान सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मङ्गल देवी थापा मगर, सचिव विष्णु कुमारी वि.क. र कोषाध्यक्ष एक नारायण देवकोटारु.८,३४,३२०।५8भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कैद वा बिगो बमोजिम जरिवाना गरी बिगो समेत जफत गर्न मागदाबी लिइएको।

सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

Published : Wednesday, 2025 January 1, 1:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया