लुम्बिनीका डीआईजीपी कार्कीद्वारा मातहतलाई निर्देशन
मसुरिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख (डीआईजीपी) दानबहादुर कार्कीले मातहतका जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुखहरूलाई शान्ति सुरक्षा लगायत विविध विषयमा निर्देशन दिएका छन् ।
बुधबार प्रदेश प्रहरी कार्यालय, तुलसीपुर, दाङबाट डीआईजीपी कार्कीले मातहतका सम्पूर्ण जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुखहरूलाई भिडियो कन्फेरेन्समार्फत निर्देशन दिएको प्रेस नोटमा उल्लेख छ ।
डीआईजीपी कार्कीले समग्र प्रदेशको शान्ति सुरक्षा, अपराध अनुसन्धान, दुर्घटना न्यूनीकरण, भन्सार छली तथा तस्करी नियन्त्रण लगायतको विषयमा समयसापेक्ष निर्देशन सम्बोधन गरेको प्रेस नोटमा उल्लेख छ ।
लुम्बिनी प्रदेशमा नवलपरासी, रुपन्देही, पाल्पा, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रुकुमपूर्व, रोल्पा, दाङ, बाँके र बर्दिया जिल्ला रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया