‘भ्रष्टाचार नियन्त्रणका लागि कठोर कदम चाल्नुपर्छ’
किरण गिरी, नेता, नेपाली कांग्रेस
२०६२/६३को ऐतिहासिक सफल दोस्रो जनआन्दोलनको माध्यमद्वारा नेपाललाई सशस्त्र युद्धबाट शान्ति प्रक्रियामा अबरतरण गराउँदै प्रतिनिधिसभा घोषणा, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता, संविधान सभा निर्वाचन, संविधानसभाको दोस्रो निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण, दुई पटक तीन तहको निर्वाचन सम्पन्न गरेर आजको नवीन नेपाल निर्माणमा यी तपसिलमा उल्ल्खित राजनीतिक दल र नेताहरूको भूमिका तथा योगदान अतुलनीय छ ।
सामन्ती निरंकुशताको अन्त्य गरेर नेपालमा सबै जातजाति, भाषा, धर्म र समुदाय पिछडिएका क्षेत्रको समावेशिता समानुपातिक प्रतिधित्व र पहुँचको सुनिश्चितता कायम गर्दै राजनीतिक स्वतन्त्रता अनि बिचार र अभिव्यक्ति स्वतन्त्रता कायम गरेकोमा राजनीतिक दलका नेताहरू गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराई, खिलराज रेग्मीलाई सम्मान गर्नै पर्छ ।
कांग्रेस, एमाले, माओवादी र मधेशवादी राजनीतिदलहरूको आन्दोलन र योगदानको कारण नै गणतन्त्र नेपालको निर्माण र संस्थागत विकास भएको छ ।
भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन कायम गर्न भने हामी चुकेका छौं । यो तथ्य आत्मसात गरेर अब पनि हामी र हाम्रा नेताहरू नसुध्रने हो भने राजनीतिक दलका नेताहरू कै कारणले मुलुकमा भयावह परिस्थिति श्रीजना हुन सक्नेछ ।
अधिकांश राजनीतिक दलका नेताहरूको भड्किलो, आलिसान र विलासी जीवन शैली एवम् अपारदर्शी आयश्रोत अकुत सम्पत्ति आर्जन नै आजको राजनीतिप्रति जनताको वितृष्णाको मूल कारण बन्न पुगेको छ ।
भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन कायम गर्न अब कठोर निर्णय लिनुपर्छ । नेता र उनीहरूको परिवार, उच्च पदस्थ भ्रष्ट कर्मचारीहरूको तत्कालै सम्पत्ति छानबिन गरि अकुत सम्पत्ति जफत गर्न अब ढिलो गर्नु हुँदैन ।
मुलुकको सुशासन, समुन्नतिको लागि यी नेताहरूले आफू र आफ्नो पार्टीमा व्यापक सुधार र परिमार्जन गर्दै निर्मम भूमिका र जिम्मेवारी बहन गर्नुपर्छ ।
इतिहाँसको भूमिकाको मूल्यांकन, बर्तमानको जिम्मेवारी अबलोकन, भविश्यको खबरदारी, सुनिश्चितता गर्ने दायित्व, जिम्मेवारी नयाँ, युवा पुस्ताहरूकै हो, हाम्रो नै हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया