स्वघोषित महाराजको कुचेष्टाले देवघाटमा बबाल, महासंघले दियो चेतावनी, प्रहरी र प्रशासनमाथि प्रश्न
भरतपुर । विश्व हिन्दु महासंघ, जिल्ला कार्यसमिति चितवनले देवघाट क्षेत्रमा एक स्वघोषित महाराजको कुचेष्टाका कारण धार्मिक तथा आर्थिक गतिविधि कब्जामा परेको भन्दै विरोध गरेको छ ।
शुक्रबार महासंघको चितवनका अध्यक्ष प्रेमप्रसाद गैरेले चितवनका प्रमुख जिल्ला अधकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै मकर स्नान महोत्सवको नाममा दिइएको अनुमतिले धार्मिक क्षेत्रमा अनुचित आर्थिक गतिविधि बढेको बताए ।
उनले भने, ‘विगत केही दिन यता कुनै एक स्वघोषित महाराजको कुचेष्टाका कारण यो क्षेत्रका धार्मिक तथा आर्थिक गतिविधि कब्जामा परेको गुनासो जनस्तरबाट आएको छ । निरन्तर सञ्चालनमा रहेका आश्रम, गुरुकुल, मठमन्दिर, शक्तिपीठहरूलाई मकर संक्रान्तिको मकर स्नानमा कुनै पनि धार्मिक तथा आर्थिक गतविधि नगर्न, नगराउन एक स्वघोषित कथावाचक महाराज र उनका केही अनुयायीहरूले अफवाह फैलाएको गनाुास यत्रतत्र छ ।’
‘मकर स्थान महोत्सवको नाम दिइ धार्मिक क्षेत्रमा अनुचित आर्थिक गतिविधि बढेको समेत स्थानीयको गनासो छ’, ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘स्थानीय प्रशासनसँग स्वीकृति लि गर्न लागिएको भनिएको मकर स्थान महोत्सव निकै विवादमा परेको छ ।’
‘यसरी कुनै एक व्यक्तिको धार्मिक क्षेत्रलाई कब्जा गर्ने रणनीति बनाइ हिन्दु धर्मालम्बीहरूको मर्ममा ठेस पुर्याइ अनुचित आर्थिक चलखेल गरिनु धार्मिक समाजका लागि स्वीकार्य छैन’, अध्यक्ष गैरेले भने ।
‘देवघाट क्षेत्र विकास समितिसँग ठेक्का लिइ महिनौ दिनसम्म लाखौं भक्तजनहरूलाई प्रभावमा पारी स्वतन्त्र धार्मिक गतिविधिलाई नै रोक्ने गरि गर्न लागिएको उक्त महोत्सव आर्थिक चलखेल र अनुचित लाभको लागि भएको हाम्रो ठम्याइ छ’, गैरेले भने, ‘स्थानीय नागरिक, स्थानीय धार्मिक समाज, आयोजक, त्यस क्षेत्रका पीठाधिस, स्थानीय मन्दिर समितिहरू, सरोकारवाला पक्ष, देवघाट क्षेत्र विकास समिति र स्थानीय प्रशासन समेतको सर्वपक्षीय बैठक बसी उक्त महोत्सवको औचित्य, उद्देश्यबारे छलफल गरि आर्थिक, सामाजिक र धार्मिक पक्षको पारदर्शिताको सुनिश्चितता गरे मात्रै सो महोत्सव सञ्चालन गर्ने अनुमति दिनुपर्ने मागसहित यथाशीघ्र सम्बन्धित पक्षसँग छलफल गराउन माग राख्दछौँ ।’
उनले भने, ‘स्थानीय धार्मिक संघ, संस्था र सरोकारवाला पक्षलाई व्यवास्ता गरि काम कारबाही अगाडि बढे र्धािमक समाज त्यस्ता गतिविधि रोक्न बाध्य हुने जानकारी गराउँदै अर्को सहमति नभएसम्म ती र त्यस्ता गतिविधिहरू तत्काल रोक्न अनुरोध गर्दर्छौं ।’
चितवनको देवघाटमा केही समूहले स्थानीय प्रहरी, प्रशासनलाई प्रभावमा पारेर महोत्सव र मकर स्नानका नाममा कमाउ धन्दा चलाएपछि महासंघ चितवनका अध्यक्ष गैरेले यस्ता अवाञ्छित गतिविधि रोक्न माग गरेका हुन् । स्थानीय व्यक्तिहरूले प्रहरी र स्थानीय प्रशासनलाई स्वघोषित महाराजको समूहले प्रलोभनमा पारेर गतिविधि गरेको आरोप लागेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया