म प्यूठानको मुहार फेर्न आएको हुँ, दुई चारजना फुत्त भेटेर भाग्दैन : मन्त्री रोज राणा
प्यूठान । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले प्यूठानको मुहार फेर्न आएको बताएका छन् ।
शनिबार प्यूठानमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा मन्त्री राणाले प्रश्न गर्दै भने, ‘म प्यूठानको मुहार फेर्न आएको हुँ । फुत्त आएर, दुई, चार जना मान्छे भेटेरर भाग्ने कहाँ होर म ?’
उनले भने, ‘म अर्को पटक नेपाली कांग्रेसले यस्तो विकास गर्छ । प्यूठान जिल्ला हेर भन्ने बनाएर मात्रै झर्छु । यो मेरो प्रतिवद्धता हो ।’
‘आजसम्म म बोलेको कामबाट पछाडि फर्किएको छैन । यो मेरो इतिहाँस हेर्नु होला । म गजबको छु’, मन्त्री राणाले भने, ‘मैले जहाँ हात हालेको छु, सफल मात्रै भएको छु । चाहे फिल्ममा होस् । प्यूठानमा होस् वा मेरो जीवनमा होस् ।’
नेपाली कांग्रेस प्यूठान क्षेत्र नं. २ का क्षेत्रीय सभापति समेत रहेका मन्त्री राणाले नेता कार्यकर्ताहरूलाई बिचलित नहुन अनुरोध गरेका छन् । उनले भने, ‘साथीहरू तपाईहरू बिचलित नहुनुस् । नेता, यो, त्यो कतैतिर नलाग्नुस् । तपाईहरू रुखको पछाडि लाग्नुस् । म छु, एकजना माननीय यहाँ हुनुहुन्छ, अर्को माननीय हुनुहुन्छ । तपाईहरूले विकासको लागि लिएर आउने योजना अक्षर अक्षर पालना गरिनेछ । आफ्नो व्यक्तिगत स्वार्थ लिएर नआउनुस् ।’
मन्त्री राणाले थापाले नेता कार्यकर्ताहरूलाई गुटगत राजनीतिमा नलाग्न पनि आग्रह गरेका छन् । उनले पार्टीलाई एकढिक्का बनाउँदै जनताका समस्या समाधानमा लाग्नुपर्ने बताए ।
आफू पहिलो कार्यकालमा मन्त्री हुँदा बाग्दुला–बाहाने–स्याउलिवाङ सडकका लागि समपूरक योजना पारेको मन्त्री राणाले बताए । उनले बाग्दुला–मच्छी सडक आफू मन्त्री भएको समयमा नै कालेपत्रे बनाउने बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया