राज्यको साधन स्रोत दुरुपयोग गरेर नन्दबहादुर पुन माओवादी बैठकमा सहभागी

काठमाडौं । पूर्व उप–राष्ट्रपति नन्दबहादुर पुनले आफ्नो पदीय गरिमा र संवैधानिक दायित्वलाई निभाउन सकेका छैनन् ।

आइतबार काठमाडौंमा बसेको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा सहभागी भएर पुनले आफ्नो संवैधानिक गरिमा र पदीय हैसियतलाई गुमाएका हुन् ।

पुनलाई माओवादीले केन्द्रीय समिति बैठकमा सहभागी गराएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनलाई आफूसँगै देब्रेतर्फ दोस्रो नम्बरमा राखेका छन् । दाहिनेतर्फ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र देब्रेतर्फ कृष्णबहादुर महरा छन् । महराको देब्रेतर्फसँग पूर्व उप–राष्ट्रपति पुन बसेका छन् ।

पूर्व उप–राष्ट्रपति पुनले आफ्नो पदीय गरिमालाई भुलेर माओवादीको राजनीतिमा सक्रिय भएका छन् । उनले लिएको राज्यको सेवा सुविधा सबै फिर्ता गर्नुपर्छ भनेर आवाज उठेको छ । होइन भने राज्यको सेवा सुविधा लिने हो भने पदीय औकातमा बस्नुपर्ने सुझाव माओवादीकै नेताहरूको छ ।

Published : Sunday, 2025 January 5, 6:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया