१७औं वार्षिकोत्सवका अवसरमा रश्मिलाज फेसियल हाउसद्वारा कर्मचारीहरूलाई विशेष सम्मान

काठमाडौं । ‘रश्मिलाज् फेसियल हाउस एण्ड व्यूटी केयर (पुरानो फेसियल हाउस)ले आफ्नो १७औं वार्षिकोत्सव कर्मचारी र शुभेच्छुकहरूलाई विशेष सम्मान गरेर मनाएको छ ।

काठमाडौंमा १७ वर्षदेखि सौन्दर्यको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेवा प्रदान गर्दै आएको व्यूटी केयरले कर्मचारीहरूसँग वार्षिकोत्सव मनाएको हो । गोंगबुको बिजीब्याङ्क्वेटमा आयोजित कार्यक्रममा प्रमुख अतिथि समेत रहेका चर्चित प्रस्तोता एवम् चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले व्यूटी केयरका कर्मचारीहरू लगायतलाई सम्मान गरेका छन् ।

व्यूटी केयरले १७ वर्षदेखि निरन्तर साथ सहयोग गर्दै आएका प्रोफेश्नल व्यूटिसियनद्वय नुतन गिरी र चन्दा घिसिङलाई विशेष सम्मान गरेको व्यूटी केयरकी प्रमुख समेत रहेकी वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठले बताएकी छिन् । संचारकर्मी बद्री थापालाई पनि सम्मान गरिएको छ ।

लामो समयदेखि सेवारत विभिन्न शाखामा कार्यरतरही सेवा गर्ने व्यवस्थापक, हेयर डिजाईनर, मेकअप आर्टिष्ट, व्यूटिसियनहरूलाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको संरक्षक प्रकाश श्रेष्ठले बताए ।

काठमाडौं उपत्यकाभित्र रश्मिलाज सर्वाधिक रोजाइमा पर्छ । रश्मिलाज फेसियल हाउस एण्ड व्यूटी केयर काठमाडौं मल सुन्धराको पहिलो तल्ला र चौथो तल्लाबाट सेवा दिँदै आएको छ । बिजी मल, गोंगबुमा चौंथोतल्ला र बुद्धमल, माछापोखरी, बालाजुमा पहिलो तल्लासहित चार वटा शाखाबाट सौन्दर्यको क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ ।

कोरोनापछि चरम आर्थिकमन्दीले गर्दा सौन्दर्यको व्यवसायमा पनि असर परेको थियो । रश्मिलाजका कामदारहरूको परिश्रम, मेहनत र सहयोगका कारण रश्मिलाजलाई ठूलो क्षति हुनबाट बचाएको भन्दै विशेष सम्मान गरिएको संरक्षक श्रेष्ठले बताए ।

रश्मिलाजले काठमाडौंमा सौन्दर्यको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको प्रविधिसहितको सेवा प्रदान गर्दै आएको छ । सेवाग्राहीको माया, कर्मचारीहरूको साथ समर्थन र शुभेच्छुकको सहयोगले गर्दा रश्मिजालले आफ्नै ब्राण्डका सौन्दर्यका सामग्री पनि ल्याएर विक्री वितरण गर्न लागेको छ । रश्मिलाजका ब्राण्डेड सौन्दर्यका सामग्रीहरूलाई संरक्षक श्रेष्ठकी छोरी प्रकृति श्रेष्ठले ब्राण्डिङ गरेर बजारीकरण हेर्दै आएकी छिन् ।

Published : Monday, 2025 January 6, 12:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया