रवि लामिछानेका तिघ्रे-मुङ्ग्रे अराजक समर्थकद्वारा गुण्डाशैली प्रदर्शन

पोखरा । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका अराजक शुभेच्छुक र समर्थकहरूले प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजी गरेका छन् ।

मंगलबार पोखरामा जिल्ला अदालत कास्कीको मूल गेट अगाडि रास्वपाका अराजक नेता कार्यकर्ताले गुण्डाशैलीमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरूले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्ध पनि नाराबाजी गरेका छन् ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको करोडौं रकम ठगी र अपचलन प्रकरणमा प्रतिवादी बनाइएका लामिछानेको रिहाइको माग गरे अराजक नेता, कार्यकर्ता र शुभेच्छुकहरूले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेर औकात प्रदर्शन गरेका छन् ।

न्यायालयमा लामिछानेको मुद्दामा न्यायिक प्रक्रियामा रहेका बेला गुण्डाशैलीमा नाराबाजी गरेर न्यायालयलाई प्रभावित बनाउने प्रयास भएको भन्दै आलोचना भएको छ । मंगलबार लामिछाने पक्षका कानून व्यवसायीले बहस सकेका छन् ।

बहस सकेर कास्की प्रहरीको हिरासतमा लामिछानेलाई फर्काइएको छ । लामिछानेलाई अदालत गेट बाहिर निकाल्ने क्रममा समर्थकले हात हल्लाएर नाराबाजी गरेका हुन् ।

Published : Tuesday, 2025 January 7, 8:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया