चार जना डीआईजीपीहरूको एक वर्ष म्याद थप
काठमाडौं । सरकारले सशस्त्र बल नेपालका ४ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजीपी)हरूको एक वर्ष म्याद थप गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीपी कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको म्याद थप गर्ने निर्णय गरेको हो । अवकासमा जानुभन्दा केही घण्टा अगाडि सरकारले उनीहरूको १ वर्ष म्याद थप भएको छ ।
सशस्त्र प्रहरी नियमावलीमा डीआईजीको पदावधि चार वर्षको हुन्छ । सरकारले चाहेमा १ वर्ष म्याद थप गर्न सक्छ ।
Published : Tuesday, 2025 January 7, 9:52 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया