विभागका सदस्यहरूलाई सभापति देउवाद्वारा प्रमाणपत्र प्रदान, कार्यक्रमहरू गर्ने निर्णय
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्योग तथा व्यापार विभागका सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरेका छन् ।
मंगलबार बुढानिलकण्ठस्थित निवासमा सभापति देउवाद्वारा विभागका सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको विभागका प्रमुख चिनकाजी श्रेष्ठले बताए । विभागका प्रमुख श्रेष्ठको सिफारिसमा सभापति देउवाले पुस १६ गते १० जनालाई मनोनीत गरेका थिए ।
सदस्यहरूले प्रमाणपत्र प्राप्त गरेपछि विभागको पहिलो बैठक पनि बसेको छ । विभागले ७ प्रदेशका उद्योगी व्यवसायीहरूबीच अन्तरक्रियात्मक कार्यक्रम गर्ने निर्णय गरेको प्रमुख श्रेष्ठले बताए । विभागको प्रदेशस्तरीय बैठक पनि हुनेछ ।
विभागको सदस्यहरूमा झापाका संजीज घिमिरे, कञ्चनपुरका खगेश्वर बोहरा, जुम्लाका मानबहादुर भण्डारी, काठमाडौंका ध्रुवबहादुर खड्का, काठमाडौंका राजीव श्रेष्ठ, कपिलवस्तुका जमसेर अलि मियाँ, काभ्रेपलाञ्चोकका सीताराम परियार, सोलुखुम्बुका शम्भुहरि बाँस्तोला, लमजुङकी जुनु गुरुङ र रौतहटका इञ्जिनियर विजयकुमार सिंह रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया