अख्तियारले गर्न सक्दैन भने शक्तिशाली आयोग बनाऔँ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम नागरिकले भ्रष्टाचारकै कारणले गर्दा हामीले गति लिन सकेनौँ भन्ने सोँचेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले भने, ‘भ्रष्टाचारले हामीलाई यति गाज्यो की हामीले ठीक गति समात्न सकेनौँ भन्ने कतिलाई लागेको छभने यही तीन वर्षभित्रमा नेपाली समाज भ्रष्टाचारका सन्दर्भमा अहिले जुन अवस्थामा हामी छौँ ।’
उनले भने, ‘त्यसलाई न्यून गर्ने कुरामा ध्यान दिनुपर्छ । जति नेपाली जनताले सुनेका काण्डहरू छन् ।’
‘त्यो चाहे वाइडबडी काण्ड होस्, ललिता निवास काण्ड होस्, गिरीबन्धुको होस्, सिभिलको होस्’, थापाले भने, ‘जति पनि छन्, लामो लिस्ट बन्छ, त्यो लिस्ट राख्ने, त्यो लिस्ट राखेर जनतालाई आश्वस्त पारौँ ।’
महामन्त्री थापाले भने, ‘यसभित्र भएको प्रत्येक काण्डहरू अख्तियारले गर्छ, हामीलाई विश्वास छ । अख्तियारले गर्न सक्दैन, कुनै एउटा सर्व शक्तिशाली आयोग बनाउनु पर्छ बनाऔँ । बनाइसकेपछि के सन्देश दिनुपर्छ भने यसमा कोको दोषी निस्किन्छ ।’
‘प्रधानमन्त्री दोषी निस्किन्छ, पूर्व प्रधानमन्त्री, मन्त्री, सांसद जो दोषी निस्किन्छ, जतिसुकै शक्तिशाली होस्, प्रधानमन्त्री भएको मान्छे होस्, मन्त्री भएको मान्छे होस्, बहालवाला होस्, भूतपूर्व होस्, जो सुकै होस्’, उनले भने ।
‘नेपालमा सार्वजनिक ओहोदामा बसेर भ्रष्टाचार गरेको मान्छेलाई नेपाली समाजले छोड्दैन, १५ वर्षपछि पनि र २० वर्षपछि पनि छोड्दैन भन्ने मानक स्थापित गर्न सक्यो भने नौ जवानहरूलाई देश ठीक बाटोमा गयो भन्ने अवस्था बन्छ’, उनले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया