परराष्ट्रमन्त्री डा.राणासँग बिमस्टेकका महासचिव पाण्डेद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग बिमस्टेकका महासचिव ईन्द्रमणि पाण्डेले भेट गरेका छन् ।

बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री डा.राणासँग महासचिव पाण्डेले शिष्टाचार भेट गरेका हुन् ।

भेटका अवसरमा सामाजिक, आर्थिक विकास र जनकेन्द्रित जीवन्त क्षेत्र निर्माण गर्ने विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।

Published : Thursday, 2025 January 9, 12:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया