कांग्रेसद्वारा गण्डकी प्रदेश सभामा बराललाई सचेतकमा मनोनयन

पोखरा । नेपाली कांग्रेसले प्रकाश बराललाई गण्डकी प्रदेशसभामा संसदीय दलको सचेतकमा मनोनयन गरेको छ ।

पोखरामा बिहीबार बसेको संसदीय दलको बैठकले बराललाई सचेतक मनोनयन गर्ने निर्णय गरेको छ ।

बराल कास्की ३ (१) बाट प्रत्यक्ष निर्वाचित भएका हुन् । उनले एमालेका राजीव पहारीलाई हराएका थिए ।

Published : Thursday, 2025 January 9, 1:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया