सभापति देउवाको नामबाट नक्कली विज्ञप्ति निकाल्नेलाई कारबाही गर्न कांग्रेसको माग
काठमाडौं । सामाजिक सञ्जालमा सभापति शेरबहादुर देउवाको नामबाट प्रेस विज्ञप्ति जारी गरेर सरकारविरुद्ध दिग्भ्रमित पार्ने गतिविधि गरेको भन्दै नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आइतबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धनको सरकारका बारे अन्यौल सृजना गरी नेपाली जनतालाई दिगभ्रमित गर्ने कुत्सीत मनसायबाट नेपाली कांग्रेस पार्टी सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य विभिन्न सामाजिक सन्जालहरूमा सम्प्रेषित भएकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘हतास मनस्थितिबाट गरिएका यस्ता घृणित कार्यको निन्दा गर्दै त्यस्ता गैरकानूनी कार्यमा संलग्न जो कसैलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग नेपाली कांग्रेस जोडदार माग गर्दछ’, कांग्रेसले भनेको छ ।
‘यस्ता भ्रमित गतिविधिबाट प्रभावित नहुन सबैमा नेपाली कांग्रेस अनुरोध गर्दछ’, मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया