कांग्रेस–एमाले समीकरण भत्काउन फेक गतिविधि, को छ पर्दा पछाडि ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नामबाट फेक विज्ञप्ति जारी गरेर कांग्रेस–एमाले समीकरणको सरकारविरुद्ध भ्रम फैलाउने गतिविधि भएका छन् ।
कांग्रेस र एमालेको समीकरणलाई भत्काउन विभिन्न खालका प्रयास भइरहेका छन् । राजनीतिक स्थिरताका लागि बनेको दुई ठूला दलको समीकरणप्रति विशेष गरेर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरू असन्तुष्ट छन् । कांग्रेस–एमालेको समीकरणलाई जसरी पनि भत्काउनुपर्छ भनेर माओवादी र रास्वपा लागेका छन् ।
माओवादी र रास्वपाका नेताहरूको अभिव्यक्तिहरू सरकारविरुद्ध आइरहेका बेला कांग्रेस सभापति देउवाको नामबाट फेक विज्ञप्ति जारी गरेर राजनीतिक अपराध भएको छ । कांग्रेसले यो अपराधविरुद्ध आफ्नो धारणा सार्वजनिक गरेको छ ।
कांग्रेसले सभापति देउवाको नामबाट फेक विज्ञप्ति बनाएर भ्रम फैलाउन खोज्ने समूह र व्यक्तिमाथि कारबाहीको माग गरेको छ । कांग्रेसको मागप्रति नेपाल प्रहरी र सुरक्षा निकायले अनुसन्धान गर्नेछ ।
यस्ता राजनीतिक अपराधलाई नियन्त्रण नगर्ने हो भने भविष्यमा यस्ता हर्कत र गतिविधि झन् बढ्ने सम्भावना छन् ।
कांग्रेस–एमालेको अहिलेको समीकरण भत्किने कुनै सम्भावना छैन । कांग्रेस सभापति देउवा इमान्दार नेतामा पर्छन् । देउवाल आफूले बोलेको कुरालाई जसरी पनि कार्यान्वयन हुनुपर्छ भन्ने मान्यता राख्दै आएका छन् । देउवाको यही इमान्दारिताले राजनीतिमा सफल भएका हुन् ।
एमालेसँगको सहमतिलाई कांग्रेस सभापति देउवा र कांग्रेसका नेताहरूले पूर्णरुपमा कार्यान्वयन गर्नेछन् । फेक विज्ञप्ति र गतिविधि जति भए पनि अहिलेको समीकरण भत्किने सम्भावना छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया