राष्ट्रिय योग दिवसमा लुम्बिनी प्रहरीद्वारा दाङमा विशेष कार्यक्रम

मसुरिया । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशले १०औं राष्ट्रिय योग दिवसको अवसरमा दाङमा कार्यक्रमको आयोजना गरेको छ ।

मंगलबार बिहान दाङको तुलसीपुरस्थित प्रदेश प्रहरी कार्यालय परिसरमा योगको कार्यक्रम गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख (डीआईजीपी) दानबहादुर कार्कीले योग र स्वास्थ्यबीचको सम्बन्धका बारेमा जानकारी गराएका छन् ।

‘स्वस्थ समाज समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ नाराका साथ १०औं राष्ट्रिय योग दिवस मनाइएको छ ।

नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना र राप्ती आयुर्वेद चिकित्सालय तुल्सीपुर, दाङको सहकार्य तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको समन्वयमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयको परिसरमा पतञ्जली योग समिति लुम्बिनी प्रदेश प्रमुख, सह–प्रध्यापाक प्रेम शाह, अमर प्रहरी परिवार र अशक्त प्रहरी संघको संस्थापक अध्यक्ष पूर्व प्रहरी निरीक्षक नवराज श्रेष्ठ, पतञ्जली योग समिति दाङका ज्येष्ठ योग प्रशिक्षक भुपेन्द्र अधिकारीले प्रशिक्षण प्रदान गरेका थिए ।

सो अवसरमा माघे संक्रान्ति अर्थात् माघी पर्वका अवसरमा शुभकामना आदान प्रदान र चियापान कार्यक्रमको आयोजना पनि गरिएको थियो ।

Published : Tuesday, 2025 January 14, 11:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया