लायन्स क्लव लर्डबुद्धद्वारा पासवान बस्तीमा २६ परिवारलाई कपडा र खाद्यान्न वितरण

काठमाडौं । लायन्स क्लव काठमाडौं लर्डबुद्धले रौतहटको राजदेवी नगरपालिका वडा नं. ५ पासवान बस्तीमा आगलागीमा परेर घरवास बिहीन भएका २६ परिवारलाई खाद्यान्न र कपडा बितरण गरेको छ ।

जाडोको समयमा जाडोले कठांग्रिएका परिवारमान्यानो कपडा पुगेपछि खुशी छाएको छ । काठमाडौंमाट कपडा र खाद्यान्न लिएर लायन्स क्लबको टोली पासवान बस्तीमा पुगेर राहत बितरण गरेपछि पासवान बस्तीका परिवारले यस पटकको जाडोवाट बच्ने भैयो भनीनिकै खुशी जनाएका छन् ।

केही समय अगाडि पासवान बस्तीमा आगलागी भएपछि त्यहांका नागरिक घरवार बिहीनमात्र भएनन् जाडोको समय कसरी कटाउने भन्ने भएको बेलान्यानो कपडा र खाद्यान्न पाएपछि पासवान परिवारले यस पटकको जाडो कट्ने र केही महिनाका लागि भोकबाट बच्ने भैयो भन्दै लायन्स क्लबलाई धन्यवाद दिएका छन् ।

सहयोग तथा राहत बितरण गर्न काठमाडौंबाट लायन्स लिडर विष्णुप्रसाद भण्डारी, लर्डवुद्धका अध्यक्ष रुपबहादुर रावल, कैलास केसी, विवेकानन्द शाह रौतहट पुगेका थिए ।

लायन्स क्लब इण्टरनेशनल डिष्टिक ३२५ आइअन्तर्गतको लर्ड बुद्धले संकटमा परेका २६ घरका पासवान परिवारलाई नयाँ जीवन दिएको भन्दै स्थानीय नागरिकले विशेष आभार व्यक्त गरेका छन् ।

विष्णु भण्डारी संस्थापक अध्यक्ष रहेको लर्डबुद्धले सामाजिक क्षेत्रमा उदाहरणीय कार्य गर्दै आएको छ । तीन महिना अगाडि आएको भीषण बाढी पहिरोमा परेका पीडित परिवारलाई सहयोग एवं उद्धार कार्यमा विशेष भूमिका खेलेको थियो ।

क्लबले कुनै पनि रगतको अभाव भएको जानकारी पाउना साथ सोही ठाउँमा पुगेर स्थलगत रक्तदान शिविर संचालन गर्ने कार्यलाई बिगतका वर्षदेखि निरन्तरता दिएको छ ।

अस्पतालमा रगत नपाएको कोही बिरामी सोही सम्बन्धित अस्पतालमा ग्रुप मिल्ने नागरिकलाई लगेर रगतदान गरी सहयोग पनि गर्ने गरेको छ ।

Published : Tuesday, 2025 January 14, 9:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया