कांग्रेस उपसभापति खड्काद्वारा डा.पोखरेललाई निर्देशकमा नियुक्त
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशक पदमा डा.जगदीशचन्द्र पोखरेललाई नियुक्त गरेका छन् ।
प्रतिष्ठानका प्रमुख समेत रहेका खड्काले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशक (नीतितर्फ) को डा.पोखरेललाई नियुक्त गरेको बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
तनहुँका डा.पोखरेललाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (घ) बमोजिम नियुक्त गरिएको उपसभापति खड्काले बताएका छन् ।
Published : Wednesday, 2025 January 15, 9:06 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया