विधेयकहरूलाई छिटो अगाडि बढाउने ४ दलका प्रमुख सचेतकबीच सहमति
काठमाडौं । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र रास्वपाका प्रमुख सचेतकहरूले संसदलाई प्रभावकारी बढाउन सबै दलहरू एकठाउँमा उभिएर काम गर्ने निष्कर्ष निकालेका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको प्रमुख समेतकहरूको बैठकले सरकारले संसदलाई दिएको बिजनेस वा विधेयकहरू छिटो–छरितो ढंगबाट कानून निर्माणको तहमा पु¥याउन संसदीय दलहरूले भूमिका खेल्ने विषयमा छलफल भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
बर्तौलाले सरकारले संसदमा ल्याएका विधेयकहरू संसदले पूर्णता नदिँदा वर्षौं होल्ड भएर बस्ने समस्यालाई समाधान गरेर जान ४ दलबीच सहमति भएको बताएका छन् ।
उनले कानून निर्माणको सवालमा संसद अब्बल छ भनि प्रमाणित गर्नको लागि आवश्यक छलफल र सहकार्य गर्दै अघि बढ्ने विषयमा छलफल भएको बताए ।
बैठकमा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारको उपस्थिति रहेको थियो ।
सरकारले संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेका बेला संसदमा प्रतिनिधित्व गर्ने प्रमुख ४ दलका प्रमुख सचेतकहरूको बैठक बसेको छ । प्रधानमन्त्री केपी ओलीले संसदको बैठक छिटै आह्वान गरिने बताइसकेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया