प्रहरीका ६ जनालाई दर्ज्यानी चिन्ह प्रदान, केन्द्रीय प्रवक्तामा डीआईजी आचार्य

काठमाडौं । नेपाल प्रहरीका ६ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दज्र्यानी चिन्हद्वारा सुशोभित गरिएको छ ।

शुक्रबार प्रहरी मुख्यालय नक्सालमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले पदोन्नति भएका ६ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका हुन् ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी उपरीक्षकहरू प्रभा पौडेल र भुलाराज खनाल तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू डा. सुष्मा केसी, डा. पूजा खड्का, डा. दीपक भिन्दवार र डा. अनुज श्रेष्ठ रहेका छन् ।

यसैबीच, नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्य तोकिएका छन् ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक आचार्यलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले शुक्रबार जारी विज्ञप्तिमार्फत जनाएको छ ।

Published : Friday, 2025 January 17, 3:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया