ठगी र मागेर होइन गरेर खानुपर्छ भन्ने वर्ग बनाउने पार्टी कांग्रेस हो : सभापति बानियाँ
नयाँदिल्ली । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले मागी खाने र ठगी खानेलाई गरिखाने वर्ग बनाउने पार्टी कांग्रेस भएको बताएका छन् ।
आइतबार भारतको नयाँदिल्लीस्थित मालवीय स्मृति भवनमा नेपाली जनसम्पर्क समिति भारतको वार्षिक भेला, नेपाल भारत सम्बन्ध, वीपी बिचार, प्रवासीको समस्याबारे अन्तरक्रियाका साथै प्रशिक्षण कार्यक्रममा बोल्दै नेता बानियाँले राजनीति व्यापार नभै सेवा भएकाले सेवा गर्न नछाड्न आग्रह गरेका छन् ।
कांग्रेसको सिद्धान्त र बिचार राम्रो भएकाले जनताको आकर्षण बढेको बताउँदै नेता बानियाँले धेरै हण्डर र ठक्कर खाँदै प्रवासमा बसेर कर्म गर्दै नेपाल र नेपालीको सेवा गरिरहेकोमा उच्च प्रशंसा गरेका छन् ।
कांग्रेस नेता बानियाँले पछिल्लो २०६२/०६३ को जनआन्दोलनमा भारतमा रहेका नेपालका राजनीतिक दलहरूका भ्रातृ सङ्गठनहरूलाई समेत आफ्नो विश्वासमा लिएर भारतमा रहेका विशाल नेपालीहरूको प्रतिनिधित्व गराउँदै आन्दोलनमा सहभागी भएको स्मरण गरेका छन् ।
भारतमा बसोबास गर्ने प्रवासी नेपालीहरूले इतिहास रच्ने सुवर्ण अवसर प्राप्त गरेको पनि उनले बताएका छन् । हरेक प्रजातान्त्रिक आन्दोलनमा प्रवासबाट टेवा पुर्याएको नेपाली जनसम्पर्क समिति भारतको विधि र विधान नेपाली कांग्रेससंग सम्बन्ध रहेको सभापति बानियाँले बताए ।
जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेको सभाध्यक्षतामा कार्यक्रम भएको थियोे । कार्यक्रममा प्रवासी नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
जनसम्पर्क समिति भारतको जननायक वीपी कोइरालाको प्रमुख आतिथ्यतामा सन् १९७६ जुन १३ विक्रम सम्बत (२०३३ जेठ १३) गते मुम्बईको माहानगरमा स्थापना भएको इतिहाँस छ ।
1 प्रतिकृया प्राप्त “ठगी र मागेर होइन गरेर खानुपर्छ भन्ने वर्ग बनाउने पार्टी कांग्रेस हो : सभापति बानियाँ”
-
Pingback: REPUBLICADAINIK | माओवादीको अस्थिर चरित्रले कांग्रेस–एमालेको समीकरणमा सरकार बनायौँ : प्रवक्ता डा.महत - REPUBLICAD
Comments are closed.