स्वास्थ्य बीमा सुधार सुझाव प्रतिवेदन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि सकारात्मक प्रतिबद्धता जनाएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसहित कार्यदलका संयोजक शम्भु आचार्य तथा सदस्यहरू डा. रघुराज काफ्ले, डा. भगवान कोइराला तथा सदस्य सचिव सरोज शर्मासँग प्रतिवेदनको प्राप्तिबारे जानकारी लिंदै प्रधानमन्त्री ओलीले कार्ययोजनाका साथ आउन आग्रह गरेका छन् ।

‘एक साताभित्र कार्ययोजना लिएर आउनुहोला’, प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले प्रतिवेदन कार्यान्वयनमा आफ्नो साथ रहने बताए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले प्रधानमन्त्रीको सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताए । ‘प्रधानमन्त्रीज्यूले सकारात्मक प्रतिक्रिया दिनुभएको छ’, उनले भने, ‘हामी कार्ययोजनासहित पुनः प्रस्तुत हुनेछौं ।’

Published : Monday, 2025 January 20, 1:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया