चितवनको सहकारीमा रवि लामिछानेको कर्तुत्, ४३ करोड रुपियाँ बढी रकम भेटियाे

काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवनको भरतपुरमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पनि मुछिएका छन् ।

दोस्रो चरणको अनुसन्धान सकेको प्रहरीले लामिछानेसहित थप १४ जनालाई प्रतिवादी बनाउनुपर्ने राय दिएको छ ।

यसअघि ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपियाँ अपचलन भएको निष्कर्ष निकाल्दै ८ भदौमा १७ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । अहिले १४ जना नयाँ प्रतिवादी समेत थपिएकाले बिगो रकम बढेर ३८ करोड ९ लाख ७९ हजार १७७ रुपियाँ पुगेको छ ।

गोर्खा मिडिया बाहेक अन्य कम्पनीहरूमा ४३ करोड रुपियाँ बढी रकम गएको भेटिएको छ । प्रहरीको अनुसन्धान रिपोर्टकाअनुसार गोर्खा मिडिया बाहेकका कम्पनीहरुमा ४३ करोड १४ लाख ९९ हजार ९८८ रुपियाँ लगेको भेटिएको छ ।

Published : Monday, 2025 January 20, 1:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया