माधव नेपालको पार्टीका संस्थापक अध्यक्ष वाग्ले कांग्रेसमा प्रवेश

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष समेत रहेका नेकपा (एकीकृत समाजवादी)का नेता हंशराज वाग्ले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बिहीबार काठमाडौंको बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवासँग सदस्यता लिएर कांग्रेसमा प्रवेश गरेका हुन् । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाको विशेष पहलमा वाग्ले कांग्रेसमा प्रवेश गरेका हुन् ।

वाग्लेको विगतको पृष्ठभूमि कांग्रेसको हो । एमाले, नेकपा (एकीकृत समाजवादी) लगायतका कम्युनिस्ट पार्टीमा चहारेर अन्तिममा वाग्ले पुनः कांग्रेसमा फर्किएका छन् । वाग्ले नेकपा (एकीकृत समाजवादी)का ओखलढुङ्गाका संस्थापक अध्यक्ष पनि हुन् ।

तत्कालीन समयमा नेकपा विभाजनका बेला कांग्रेस छाडेर प्रचण्ड–माधव नेपाल पक्षीय नेकपामा लागेका वाग्ले नेकपा (एकीकृत समाजवादी) संस्थापक जिल्ला अध्यक्ष भएका थिए ।

समाजवादी खेलकुद महासंघको कोशी प्रदेश कमिटी संयोजक तथा राष्ट्रिय खेलकुद परिषद्को कोशी प्रदेशको निवर्तमान सदस्य सचिव समेत रहेका वाग्ले निकै चल्तापुर्जा मानिन्छन् ।

Published : Thursday, 2025 January 23, 7:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया