एमालेका पावरफुल नेतालाई बलत्कार अभियोग लगाएकी महिला काठमाडौंमा पक्राउ

काठमाडौं । प्रहरीले सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको अभियोगमा बलत्कार पीडित हुँ भन्दै आएकी रश्मिला धामीलाई पक्राउ गरेको छ ।

पक्राउ परेकी रश्मिलालाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ । रश्मिलालाई प्रहरीले मंगलबार माइतीघरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

रश्मिलाविरुद्ध विद्युतीय अपराध (साइबर क्राइम)मा जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

एमालेका केन्द्रीय सदस्य एवम् अनेरास्ववियुका पूर्वअध्यक्ष ऐन महरविरुद्धको बलात्कार मुद्दामा अनुसन्धान उच्च अदालत पाटनले परमादेश दिएका बेला पीडित भनिएकी महिला रश्मिलालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधवार उच्च अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले एमाले नेता महरविरुद्ध बलात्कारको आरोप लगाइरहेकी युवती रश्मिला धामीको जाहेरी तत्काल दर्ता गरी अनुसन्धान अघि बढाउन प्रहरी र सरकारी वकिल कार्यालयका नाममा परमादेश जारी गरेको थियो ।

बझाङ घर भएकी रश्मिलाले एमालेका नेता महरलाई बलत्कारको अभियोग लगाउँदै आएकी छिन् । रश्मिलाले माइतीघरमा एमाले नेता महरलाई कानूनी कारबाही र आफूलाई न्यायको माग गरेर अनसन समेत बस्दै आएकी छिन् ।

नेता महर एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली निकट मानिन्छन् । बिगतमा निलम्बनमा परेका महरलाई ओलीले पनि केन्द्रीय सदस्यको जिम्मेवारीमा फर्काएका थिए ।

Published : Thursday, 2025 January 23, 8:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया