गुण्डा नाइके दावाका केटाहरूले गृहमन्त्रीका भाञ्जा पर्नेलाई दरबारमार्गमा धुलाइ (भिडियो)

काठमाडौं । गुण्डा नाइके दावा लामा निकटका केटाहरूले काठमाडौंको दरबारमार्ग रमेश भट्टलाई कुपिट गरेर गम्भीर घाइते बनाएका छन् ।

गृहमन्त्री रमेश लेखकका नाताले भाञ्जा पर्ने भट्टलाई नेपाल तरुण दलको केन्द्रीय सदस्य कुलध्वज लामा र नेपाल तरुण दल काभ्रेका अध्यक्ष सुजन लामाको समूहले भट्टलाई टाउकोमा १५/२० वटा टाँका लाग्ने गरेर कुटपिट गरेको प्रहरीले जनाएको छ । विवादित व्यवसायी संजीव लामा ‘स्याल’ले सञ्चालन गरेको दरबारमार्गको लिक्विड लाउञ्जमा शुक्रबार राति दावाका केटाहरूले भट्ट र उनको समूहमाथि सांघातिक हमला गरेर कुटाकुट भएको प्रहरी जनाएको छ ।

आइतबार बिहान ३ बजेर १४ मिनटतिर काठमाडौंको दरबारमार्गमा रमेश भट्टसहितका युवाहरूले कुटाइ खाएका हुन् । बैतडी जिल्ला घर भएका रमेश भट्ट र दावाका केटाहरूको समूहबीच विवाद भएर लफडा भएको थियो ।

रमेश भट्टलाई कुटपिट गरेपछि गम्भीर चोट लागेको छ । रमेश भट्ट अस्पतालमा भर्ना भएका छन् । रातभरि मदिरा पिएर बसेपछि उनीहरूबीच झगडा भएको थियो ।

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरी वृत्त दरबारमार्गले दावा लामा निकटको काभ्रेली समूहका ६ जना केटाहरूलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेको रोशी गाउँपालिका वडा नं. ४ का कुलध्वज लामा (नेपाल तरुण दलका केन्द्रीय सदस्य), भुम्लु गाउँपालिका वडा नं. ४ का सुजन लामा (नेपाल तरुण दल काभ्रेका अध्यक्ष), तेमाल गाउँपालिका–७ का मिलन लामा, भुम्लु गाउँपालिकाका सुलभ पहरी, तेमाल गाउँपालिका–५ का युवराज लामा र सिन्धुपाल्चोकको जुगल घर भएका दावा तामाङ रहेका छन् छन् ।

सीसीटीभी फुटेजका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । केन्द्रीय सदस्य कुलध्वजविरुद्ध पनि २०६९ सालमा ज्यान मार्ने उद्योगमा प्रहरी वृत्त दरबारमार्गबाट मुद्दा दर्ता भएको थियो । त्यसपछि २०७२ सालमा उनी चोरी मुद्दामा ११ महिना धुलिखेल कारागारमा बसेका थिए ।

त्यस्तै, तरुण दल काभ्रेका अध्यक्ष तामाङ यसअघि पनि ज्यान माने उद्योगमा ललितपुर प्रहरी परिसरबाट मुद्दा दर्ता भएका व्यक्ति हुन् ।

गुण्डा नाइके पृष्ठभूमिका दावा लामा भुम्लु गाउँपालिकाको उपाध्यक्ष छन् । दावालाई कांग्रेस नेता तीर्थ लामाले संरक्षण गर्दै आएका छन् । दावाले पक्राउ परेका केटाहरूलाई संरक्षण गर्दै आएका छन् । इन्काउन्टर हुनबाट बालबाल बचेका दावा गाउँपालिकाको उपाध्यक्ष भएपछि राजनीतिक संरक्षणमा फेरि सलबलाउन थालेका छन् ।

Published : Saturday, 2024 December 21, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया