जनतासँग प्रत्यक्ष सम्पर्क गर्न बागमती कांग्रेसका सभापति बानियाँद्वारा सम्पर्क कार्यालय स्थापना
हेटौँडा । नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले मकवानपुर जिल्लामा सम्पर्क कार्यालय स्थापना गरेका छन् ।
बागमती कांग्रेसका सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ (२) का प्रदेशसभा सदस्य बानियाँले सम्पर्क कार्यालय स्थापना गरेका हुन् । जनताको सेवा गर्न र समस्याको सुनुवाईका लागि बानियाँले सम्पर्क कार्यालय खोलेका हुन् ।
सम्पर्क कार्यालय मकवानपुरको पश्चिमी क्षेत्र मनहरी बजारमा स्थापना गरिएको छ । कार्यालयको उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शनिबार विशेष कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
मतदाताको गुनासो सुन्न तथा पश्चिमी क्षेत्रका जनताको साझा सम्पर्क थलोको रुपमा विकास गर्न कार्यालय खोलिएकोले सभापति बानियाँले बताए ।
मकवानपुर क्षेत्र नम्बर २ (२) का मनहरी, राक्सीराङ, कैलाश गाउँपालिका र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ र १९ का जनताले विकास निर्माणलगायतका विषयमा छलफल तथा आवश्यक परामर्श गर्ने बानियाँले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया