पोल्याण्ड पठाइदिन्छु भनेर ८१ लाख ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको जनाएको छ ।
सोमबार प्रहरीले काठमाडौंबाट सप्तरीको विष्णुपुर गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–३१ बस्ने ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखा घर भई काठमाडौं महानरगपालिका–२६ सामाखुसी बस्ने ३७ वर्षीय राजेश बरामलाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउमध्ये कृष्णले पोल्याण्ड पठाइदिन्छु भन्दै पीडितहरूबाट ७२ लाख ४८ हजार १ सय ५० रूपियाँ र राजेशले ८ लाख ९० हजार रूपियाँ लिई सम्पर्कबिहीन भएका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कृष्णलाई काठमाडौं महानगरपालिका–३१ र राजेशलाई काठमाडौंको टेकुबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया