सिड्नीमा सातौँ तलाबाट खसेर दीक्षाको शंकास्पद मृत्यु
काठमाडौं । नेपाली नागरिक ३९ वर्षीया दीक्षा दाहालको अष्ट्रेलियामा मृत्यु भएको छ ।
सिड्नीमा दीक्षाको शंकास्पद मृत्यु भएको डेली मेलले जनाएको छन् । पारामाट्टा अपार्टमेन्ट ब्लकको ७औँ तलाबाट खसेर दीक्षाको मृत्यु भएको छ ।
दीक्षाको मृत्यु हुनुभन्दा दुई घण्टा अगाडि अपार्टमेन्टबाट अष्ट्रेलियाको इमर्जेनसी सर्भिस नम्बर ००० मा फोन आएको थियो । त्यसबेला पृष्ठभूमिमा ठूलो आवाजसहित भनाभन भएको सुनिएको डेली मेलको समाचारमा उल्लेख छ ।
प्रहरीले दीक्षाको मृत्यु भएको घटनामा प्रारम्भीक अनुसन्धानका लागि उनका ४० वर्षीय रविन्द्र सुवेदीलाई पक्राउ गरेर सोधपुछपछि छाडेको छ ।
दीक्षा अष्ट्रेलियामा नर्सका रुपमा काम गर्दै आएकी थिइन् । केही वर्ष अगाडि दीक्षा र रविन्द्रबीच विवाह भएको थियो । उनीहरूको आन्तरिक झगडा यसअघि प्रहरीसम्म समेत पुगिसकेको डेली मेलको समाचारमा उल्लेख छ । पछिल्लो समय उनीहरू सँगै बस्न छाडेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया