डीन र २४ क्याम्पस प्रमुखहरूको नियुक्तिमा विभेद भयो : त्रिवि स्ववियु कोषाध्यक्ष भुसाल

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरकी कोषाध्यक्ष पदमा भुसालले त्रिभुवन विश्वविद्यालयमा भएका डीन र २४ क्याम्पस प्रमुखहरूको नियुक्तिमा विभेद भएको बताएकी छिन् ।

शुक्रबार विज्ञप्ति जारी गरेर नेपाल विद्यार्थी संघकी नेतृ समेत रहेकी कोषाध्यक्ष भुसालले नियुक्ति प्रक्रियामा भागबन्डा गरिएको र समावेशीताको सिद्धान्तको पालना नगरेको बताएकी छिन् । उनले डीन र २४ क्याम्पस प्रमुखहरूको नियुक्तिमा विभेद भएको भन्दै त्रिवि पदाधिकारीको ध्यानाकर्षण गराएकी छिन् ।

कोषाध्यक्ष भुसालले खुला प्रतिस्पर्धाबाट चयन भएका भनिएका त्रिवि पदाधिकारीहरूले समेत पुरानै भागवण्डाको प्रवृत्ति दोहो¥याएको बताएकी छिन् । उनले नाम मात्रैको मेरिट बेस बनाइएको आरोप लगाएकी छिन् ।

महिला प्राध्यापकहरूलाई अवसरबाट वञ्चित गरिएको भन्दै भुसालले लैंगिक विभेद भएको बताइन् ।

उनले प्रश्न गर्दै भनेकी छिन्, ‘के महिला हुनु नै अयोग्यता हो ? सक्षम महिला प्राध्यापकहरू प्रतिस्पर्धामा नआउनुका पछाडि विगतमा उनीहरूमाथि भएका अपमानजनक व्यवहार पनि हुन् ।’

‘यदि आगामी दिनमा पनि यस्तै अवस्था दोहोरिएमा कडा कदम चाल्न बाध्य हुनेछौँ’, कोषाध्यक्ष भुसालले भनेकी छिन् । उनले डीन र क्याम्पस प्रमुखहरूको नियुक्तिमा लैंगिक वभेद झल्किएको पनि बताएकी छिन् ।

‘पहिला जिम्मेवारीमा रहनु भएका महिला प्रध्यापकहरूलाई ह्यारेसमेन्ट गरेर लजित गरिएका धेरै घटनाहरू हाम्रै अगाडि छन्’, भुसालले भनिन्, ‘त्यसले पनि कतिपय सक्षम महिलाहरू प्रतिस्पर्धामा आउन चाहनु भएन भन्ने समाचार प्रकाशित भएका छन् । तसर्थ यो अवस्थाको अन्त्य गर्न र आगामी हरेक नियुक्तिहरू समावेशी र भागबण्डामुक्त बनाउनतर्फ पदाधिकारीको ध्यान जाओस् भन्ने माग गर्दछु ।’

Published : Friday, 2025 January 17, 2:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया