स्टाप कलेजका लागि प्रहरीका डीएसपी र ईन्स्पेक्टरहरू छनौट, सूचीमा को को छन् ?
काठमाडौं । नेपाल प्रहरीमा स्टाफ कलेजका लागि १ सय ३१ जना प्रहरी अधिकृतहरू छनोट भएका छन् ।
पुलिस लिडरसिप एन्ड स्टाफ कोर्समा सहभागी हुन् अन्तिम सूचीमा १३१ जना छनोट भएका हुन् । पहिलो ब्याचमा ३५ जना अधिकृतहरूलाई कोर्स गराउने कार्यक्रम छ । १६ महिने स्टाफ कलेज महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालन हुनेछ । १२ महिना आवासीय र ४ महिना थेसिस गर्नेगरी पाठ्यक्रम लागू गरिएको छ ।
स्टाफ कलेज २०७० मा भर्ना भएका ईन्स्पेक्टर र सोही समूहबाट डीएसपीमा बढुवा भएकाहरूबाट लागू गर्ने निर्णय भइसकेको छ । उनीहरू १५८ औँ समूहका अधिकृत हुन् । स्टाफ कलेज नगर्नेहरू डीआईजी बढुवाको लागि अयोग्य हुन्छन् ।
प्रवेश परीक्षा २०८१ फागुनको अन्तिममा सञ्चालन हुनेछ । प्रवेश परीक्षामा उत्तीर्ण हुने ३५ जना स्टाफ कलेजका लागि छनोट हुन्छन् । वैकल्पिक सूचीमा ५ जना रहन्छन् ।
स्टाप कलेजका लागि छनोट भएका प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूमा रञ्जन अवा, कमल बेल्बासे, यमकुमार श्रेष्ठ, एलिजा गिरी, कमलराज पण्डित, रमेशकुमार श्रेष्ठ, सुधीर राई, अनमोल खड्का, निशान थापा, वेदबहादुर पौडेल रहेका छन् ।
सूर्यबहादुर बोगटी, प्रकाश बुढाथोकी, सुवास भट्ट, चक्रबहादुर मल्ल, विकास बम, हरिप्रसाद पौडेल, दीपेश बस्याल, मुक्तिनाथ सापकोटा, मिङमा शेर्पा, ज्ञानबहादुर खड्का, विनोदकुमार सुनुवार, दयाकृष्ण भट्ट पनि छनौट भएका छन् ।
कमल बजगाईं, रुपा थापा, टेकबहादुर रावत, वीरेन्द्रकुमार पासवान, विकास थापा, जीवन निरौला, निरञ्जन भट्टराई, दीपककुमार शाह, केशर न्यौपाने, अनिल ठकुरी, खगेन्द्र धमला पनि छनौट भएका छन् ।
डीएसपीहरू प्रकाश जवेगु, रिपेन्द्र कुमार, रामकुमार राई, लक्ष्मी खनाल, निर्मल पनेरु, ऋषिराम घर्ती मगर, दीपक मल्ल, धनबहादुर बोहरा, जनार्दन घिमिरे, आयुशप्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नवीन पौडेल, योगेन्द्र तिमिल्सिना, पुरुषोत्तम कार्की, हीरेन्द्रबहादुर रोकाया, गुणराज बुढाथोकी, रामप्रसाद तिमल्सिना, भिषणबावु राई पनि छनौट भएका छन् ।
डीएसपीहरू रुकबहादुर खड्का, रणबहादुर चन्द, राजन लामा र कमलकुमार खड्का पनि स्टाप कलेजका लागि छनौट भएका छन् ।
प्रहरी निरीक्षक (ईन्स्पेक्टर)हरूमा इन्द्रजित इटनी, प्रताप पौडेल, वीरदत्त पन्त, टेकेन्द्र शर्मा पौडेल, गङ्गाबहादुर सारू, टेकबहादुर जोरा, प्रवीण कार्की, रमेशदत्त अवस्थी, चन्द्रकुमार सिंह, राजु खत्री रहेका छन् ।
ईन्स्पेक्टरहरू हिमबहादुर खत्री, मधु नेपाल, मोहनजंग बुढा थापा, चक्रबहादुर डम्बर पाल, अनिलराज गिरी, जनक पुरी, लोकबहादुर जिसी, केदारमान दोङ, केशवराज ज्ञवाली, दीपक सुवेदी, पुष्कर बोगटी पनि छनौट भएका छन् ।
ईन्स्पेक्टरहरू चन्द्रभूषण यादव, वसन्त पाण्डे, प्रश्नराज चौधरी, शिला थापा, विक्रम लामा, होमप्रसाद चौधरी, पदमराज थापा, राजकुमार सिंह, गोपीकृष्ण सुवेदी, नवराज न्यौपाने, देवेन्द्रकुमार मल्ल, दीपक पातली, शैलेश न्यौपाने पनि छनौट भएका छन् ।
ईन्स्पेक्टरहरू शैलेन्द्रकुमार भट्ट, सुरेश गौतम, भीमबहादुर खड्का, रामचन्द्र तिवारी, मिलन बस्नेत, यमलाल बन्जाडे, गुरुप्रसाद तिम्सिना, खुमानन्द पाण्डे, हरिबहादुर बिसी, गणेशचन्द्र कोइराला, सुरेन्द्रप्रसाद जोशी, पविन्द्र बम, गणेश सापकोटा पनि छनौट भएका छन् ।
ईन्स्पेक्टरहरू आशिष अधिकारी, शंकरप्रसाद आचार्य, वसन्त गौतम, राजन रायमाझी, पञ्चलाल गोले, योगराज खतिवडा, डम्बरबहादुर पुरी, सरोज राई, लोकेन्द्रसिंह गुरु, हीरासिंह महरा, सन्तोष श्रेष्ठ, बुद्धिसागर पुरी, हेमराज घिमिरे, हस्तबहादुर सुनार, नरेशराज मल्ल, गोविन्द रावत पनि छटौट भएका छन् ।
ईन्स्पेक्टरहरू हिमा थोकर, राजिव श्रेष्ठ, सुवास भट्टराई, देवेन्द्रबहादुर शाह, सुरजबहादुर खड्का, वकिलबहादुर सिंह, शङ्कर खड्का, भास्कर खतिवडा, कृष्णप्रसाद विष्ट, मदन थापा, हरिबहादुर बस्नेत र अनिल पण्डित पनि छनौट भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया