पूर्वमन्त्री राजेन्द्र महतोको पार्टी दर्ता, झण्डा र चुनाव चिन्ह प्रदान

पूर्वमन्त्री राजेन्द्र महतोको पार्टी दर्ता, झण्डा र चुनाव चिन्ह प्रदानकाठमाडौं । पूर्वमन्त्री राजेन्द्र महतो नेतृत्वको ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ (रामुपा) नामक राजनीतिक दल दर्ता भएको छ ।

मंगलबार निर्वान आयोगले दल दर्ता गरेर नेता केशव झालाई प्रमाणपत्र प्रदान गरेको छ । राष्ट्रिय मुक्ति पार्टीलाई आयोगले चुनाव चिन्हको रूपमा ‘ग्याँस सिलिण्डर’ प्रदान गरेको नेता झाले बताए ।

ग्यासको सिलिण्डर गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको छ ।

दल दर्ता नम्बर २०१ कायम भएको छ । स्वदेशवाद, बहुलरष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धान्त बमोजिम पार्टी आगाडि बढ्ने झाले बताए ।

राष्ट्रिय मुक्त पार्टीका अध्यक्ष राजेन्द्र महतोले आम जनतालाई आफू नेतृत्वको पार्टीको सदस्यता ग्रहण गरि सक्रियता साथ पार्टीमा लाग्न अपील गरेका छन् ।

Published : Tuesday, 2025 January 21, 5:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया